टाटा मोटर्सको नयाँ शोरुम जनकपुरमा

Advertisement

काठमाण्डांः भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सले मंगलबारदेखि जनकपुरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता सिप्रदी टे«डिङले जनकपुरमा गिरिजा अटोमोवाइल मार्फत शोरुम सञ्चालनमा ल्याएको हो ।

जनकपुरमा रहेको उक्त शोरुम ३८ सय वर्ग फिट क्षेत्रफलमा फैलिएको छ । शोरुमको उद्घाटनको सन्दर्भमा टाटा मोटर्सका अन्तर्राष्ट्रिय व्यापार प्रमुख श्री सुजन रोयले नेपाल टाटा मोटर्सका लागि महत्वपूर्ण वजार रहेको र नयाँ शोरुमको सञ्चालन ग्राहकलाई किनाईको राम्रो अनुभूति दिलाउने उद्देश्य रहेको बताए ।

उनले टाटा मोटर्सले ग्राहकलाई केन्द्रिविन्दु मानेर सुविधा पु¥याउँदै आएको र नयाँ शोरुमको सञ्चालनले कम्पनीको ग्राहकलाई उच्च सुविधा दिने प्रयत्नलाई उजागर गर्ने बताए ।

सिप्रदी टे«डिङका प्रमुख सञ्चालन अधिकृत राजेश प्रसाद गिरीले गिरिजा अटोमोवाईल र टाटा मोटर्ससँग सहकार्यलाई निरन्तरता दिन पाउँदा खुशी लागेको बताए । उनले नयाँ वितरक नियुक्तिका साथै देशभर सञ्जाल विस्तार गरी ग्राहकको नजीक पुग्ने प्रयत्न रहेको बताए ।

प्रशादले जेष्ट, बोल्ट, स्टोर्मी, हेक्सा, टियागो र टिगोर जस्ता उत्कृष्ट गाडीहरुको उपलब्धतासँगै उत्कृष्ट शोरुमको सञ्चालनले सवै ग्राहक राम्ररी लाभान्वित हुने जनाए ।

गिरिजा अटोमोवाइल इन्टरप्राइजेजका प्रबन्धक निर्देशक गुड्डु जैनले नयाँ शोरुम खोलेर ग्राहकलाई सेवा विस्तार गर्न सफल हुँदा धेरै उत्साहित भएको बताए । शोरुम मार्फत हामी ग्राहकलाई राम्रो किनाइको अनुभूति र सहज पहुँच पुर्याउने बताए ।

शोरुम हप्ताको सातै दिन विहान १० वजेदेखि वेलुकी ५ वजेसम्म खुल्नेछ । शोरुममा टाटा मोटर्सका सवै रेन्जका प्यासेन्जर गाडीहरु उपलब्ध हुनेछन् । नयाँ शोरुम थपिएपछि नेपालभरि टाटा मोटर्सका २० विक्री केन्द्र र २४ वटा सेवा केन्द्रहरु पुगेका छ ।

Advertisement

Advertisement

Advertisement