धुलिखेलमा कार रेसिङ प्रतियोगिता सम्पन्न, 'रेसर' ओझाले मारे बाझी

Advertisement

धुलिखेल: नेपालमा नै पहिलोपटक नेपाल अटोमोबाइल्स एशोसिएसन र नेपाल मोटर स्पोर्टस् क्लबको आयोजनामा काभ्रेपलाञ्चोकको धुलिखेलस्थित बेजिङ प्लानमा आयोजना गरेको ‘नेशनल अटो जिमखाना च्याम्पियनसिप–२०१७’ प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।

एशोसिएसनले सडक सुरक्षामा टेवा पुु¥याउने उद्देश्यले ¥याली क्रस च्याम्पियनसिप र नेशनल अटो जिमखाना च्याम्पियनसिप–२०१७ प्रतियोगिता आयोजना गरेको नेपाल अटोमोबाइल्स एशोसिएसनका केन्द्रीय सदस्य निरोज खड्काले बताए ।

आयोजनाको पहिलो खेल ¥याली क्रस च्याम्पियनसिपमा गाडी नं २६ का सुजन ओझाले विजय हासिल गरेका छन् । उनले एक मिनेट छ सेकेण्डमा ८०० मिटरको दूरी पार गरेका थिए । त्यस्तै, दोस्रो हुनेमा गाडी नं २५ का विप्लव श्रेष्ठले एक मिनेट १८ सेकेण्डमा र तेस्रो हुने गाडी नं १२ का सुविन शाक्यले एक मिनेट २० सेकेण्डमा दूरी पार गरी क्रमशः दोस्रो र तेस्रो भएका थिए ।

त्यस्तै, दोस्रोपटक भएको जिमखाना च्याम्पियनसिप खेलमा सुरेन्द्र प्रधानले ४४ सेकेण्डमा दूरी पार गर्दै प्रथम भएका छन् । सोही खेलमा विदुर पौडेलले ४६ सेकेण्डमा र रिक्की देउजाले ४८ सेकेण्डमा दूरी पार गरी क्रमशः दोस्रो र तेस्रो भएका थिए ।

प्रतियोगितामा विजयी खेलाडीलाई काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिम्खडाले ट्रफी तथा पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा ४० वटा गाडीसहित खेलाडीको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटन धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै ब्याञ्जुले नेपाल अटोमोबाइल्स एशोसिएसन र नेपाल मोटर स्पोर्टस् क्लबले धुलिखेलमा प्रतियोगिता आयोजना गरेर पर्यटकीय विकासमा थप टेवा पु¥याएको बताए ।
उनले समय र परिस्थितिले फड्को मार्दै गएको अवस्थामा उक्त खेल अहिले प्रतियोगिताका रुपमा मात्रै भएपनि पछि त्यसले व्यावसायिक रुप लिने बताए ।

प्रतियोगितामा पहिलो हुने खेलाडीलाई इण्डोनेसियामा हुने जिमखाना च्याम्पियनसिपमा सहभागी हुन पाउने अवसर रहेको आयोजकले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement