प्रधानन्यायधीसविरुद्ध उत्रिएका डा. गोविन्द केसीलाई पक्राउ गर्न सर्वोच्चको आदेश

Advertisement

काठमाडौँः सर्वोच्च अदालतले प्रधानन्यायाधीस गोपाल पराजुलीविरुद्ध अनशनमा बस्ने प्राडा गोविन्द केसीलाई पक्राउ गर्न आदेश दिएको छ । पराजुली र न्यायलयविरुद्ध गम्भीर लान्छना लगाएको अभियोगमा सर्वोच्चले केसीलाई पक्राउ आदेश दिएको हो ।

मेडिकल माफियाको स्वार्थमा काम गरेको आरोपसहित प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै सोमबार अनशन बसेको दिनमै सर्वोच्चले केसीलाई पक्रन आदेश दिएपछि नयाँ तरंग सिर्जना भएको छ । स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाको सुधारका लागि आन्दोलन गर्दै आएका उनी आज दिउसो ४ बजेबाट आमरण अनशनमा बसेका हुन ।

केसीको यो १४औं अनशन हो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ उनी अनसन बस्ने घोषणा गरे लगत्तै सर्वोच्चले गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयका नाममा पक्राउ आदेश जारी गरेको हो ।

न्यायालयको जनआस्थामाथि गम्भीर खलल पुर्या‍उने गरी केसीले क्रियाकलाप गरेको भन्दै सर्वोच्चकै शाखा अधिकृत नेत्रबन्धु अर्यालले आजै दर्ता गरेको अवहेलना मुद्दामा न्यायधीस डम्बरबहादुर शाहीको एकल इजलाशले पक्राउ आदेश जारी गरेको हो । सर्वोच्चले केसीलाई पक्राउ गरी मंगलबार अदालतमा हाजिर गराउन आदेश दिएको छ ।

सर्वोच्चले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का तत्कालीन डिन डा शशी शर्माको पुनरबहाली गर्न परमादेश दिएपछि पाँच बुँदे माग अघि सादै केसी प्रधान न्यायाधीशविरुद्ध उत्रिएका हुन ।

Advertisement

Advertisement

Advertisement