युनाइटेड फाइनान्सको १९ प्रतिशत बोनस सेयर प्रस्ताव पारित, हकप्रद जारी गर्ने निर्णय खारेज

Advertisement

काठमाडौँ: युनाइटेड फाइनान्स लिमिटेडको आज बसेको २३ औं वार्षिक साधारणसभाबाट १९ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ ।

शनिबार राजधानीमा आयोजित साधारणसभामा कम्पनीका अध्यक्ष विष्णु कुमार अग्रवालले १९ प्रतिशत बोनसबाटै नेपाल राष्ट्र बैङ्कको निर्देशन अनुसार फाइनान्स कम्पनीहरुले पु¥याउनुपर्ने ८० करोड चुक्तापूँजी पुग्ने भएपछि गत आवको साधारणसभाले पारित गरेको २० प्रतिशत हकप्रद सेयर खारेज गरेको जानकारी दिए ।

कम्पनीको पारित बोनस सेयर वितरण पश्चात चुक्तापूँजी ८० करोड ५ लाख रुपियाँ पुग्नेछ । कम्पनीले गत आवमा पाँच अर्ब ४४ करोड निक्षेप सङ्कलन गरी सो अवधिमा विभिन्न क्षेत्रमा ४ अर्ब ६८ करोड कर्जा लगानी गरी सञ्चालन मुनाफा १८ करोड र खुद मुनाफा ११ करोड ९२ लाख आर्जन गरेको छ ।

वि.सं. २०५१ सालमा काठमाडौंबाट सेवा शुरु भएको यस फाइनान्सले हालसम्म १४ शाखा मार्फत सेवा दिएको छ । कम्पनीले भारत, कोची स्थित मुतुट फाइनान्सलाई वैदेशिक साझेदारीको रुपमा कार्य गर्ने प्रस्ताव पारित गर्दै, आगामी दिनहरुमा सेवा तथा सुविधा थप गर्ने छलफल गरेको छ ।

Advertisement

Advertisement

Advertisement