सीता दाहाल आज उपचारका लागि दिल्ली जाँदै, प्रचण्ड भने नजाने

Advertisement

काठमाडौं: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' का पत्नी सीता उपचारका लागि आइतबार दिल्ली जाँदैछिन् ।

उनी नियमित ‘फलोअप’ का लागि दिल्ली जान लागेकी हुन् । मधुमेहलगायत रोगका कारण उनी लामो समयदेखि बिरामी अवस्थामा छिन् ।

केही महिनाअगाडि मात्रै पनि उनको बैंककमा उपचार गरिएको थियो ।

विकसित राजनीतिक घटनाक्रमका कारण दाहाल भने पत्नी सीताका साथ उपचारमा सहभागी हुने छैनन् । सीताको उपचारका लागि पहिलोपटक दाहालले दुई छोरी रेणु र गंगालाई पठाउन लागेका हुन् ।

उनको भारतको मेदान्तमा फलोअप उपचार हुनेछ ।

Advertisement

Advertisement

Advertisement