२० तोला सुनसहित प्रहरीका असई राई पक्राउ

Advertisement

काठमाडौं: नेपाल प्रहरीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) कुल बहादुर राई अवैध 20तोला सुन सहित पक्राउ परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत राईलाई केन्द्रिय अनुसन्धान ब्युरो र अपराध महाशाखाको संयुक्त टोलीले बिहीबार बालुवाटारस्थित उनकै कोठाबाट नियन्त्रणमा लिएको हो ।
ब्युरोका प्रबक्ता जीवन कुमार श्रेष्ठका अनुसार असई राई र अर्का एकजना २० तोला अवैध सुन सहित पक्राउ परेका हुन् र आवश्यक कारवाहीका लागी राजस्वमा बुझाइ सकेको छ ।

बिहीबार बिहान प्रहरी सहायक निरीक्षक राई एयरपोर्टमा ड्युटी अफिसर थिए । सादा पोशाकमा ड्युटी गरिरहेका राईले कतारबाट परवेज आलमले ल्याएको अवैध सुन गोल्डेन गेटबाट पास गराएका थिए ।

त्रिभुवन विमानस्थलको रनवेबाट सिधै डोमेस्टिक टर्मिलनमा सुन लगेर राखेका राईले साँझपख उक्त सुन आफ्नो डेरामा लिएर गएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

केन्द्रिय अनुसन्धान ब्युरोले बिगत केही दिनदेखी त्रिभुवन विमानस्थलबाट हुने अवैध सुन तस्करीबारे निगरानी गरिरहेको थियो । निगरानीका क्रममा ड्युटी अफिसर रहेका राईले सुन पास गरेको खुलेपछी प्रहरी टोलीले उनलाई रसियन एम्बेसीको पछाडी रहेको उनको डेराबाट नियन्त्रणमा लिएको बताईएको छ ।

Advertisement

Advertisement

Advertisement