नमुना नगर बनाउने भन्दै सुर्यविनायकमा सरसफाईः १५ गाडि फोहोर फालियो

Advertisement

काठमाडौंः ‘सूर्यविनायक नगरपालिका, छ्या होइन आहा’ भन्ने नारासहित शनिबार सूर्यविनायक नगरपालिकाको सार्वजनिक स्थल, राजमार्गलगायतका सरसफाई गरी १५ गाडि फोहोर व्यवस्थापन गरियो ।

सूर्यविनायक नगरपालिका कार्यालयले आयोजना गरेको सरसफाई अभियान कार्यक्रममा राधेराधे, चुनदेवी तथा जोरपाटी गरी तीन ठाउँमा सफाई अभियान सञ्चालन गरिएको थियो । कार्यक्रममा नगरपालिकका मेयर वाशुदेव थापा, उपमेयर जुना बस्नेत, प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी तिमल्सिना, जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवर, प्रेस चौतारी भक्तपुरकी अध्यक्ष कविता थापा, नगरपालिकाका कर्मचारी, नगर क्षेत्रका संघ संस्था, सर्वसाधारण सहभागी थिए ।

त्यस्तै, अभियानमा नेपाल प्रहरी, नेपाली सेनाले पनि साथ दिएको थियो । नगरपालिकालाई सफा र सुन्दर बनाई नमुना नगर बनाउने उद्घोषसहित सफाई अभियान सञ्चालन गरिएको मेयर वाशुदेव थापाले बताए । बाटोघाटो, सार्वजनिक स्थललगायतका ठाउँमा भएको फोहोर, होर्डिङ वोर्डसमेत हटाइएको छ ।

नगर प्रमुख थापाका अनुसार फोहोर व्यवस्थापनले मानवीय जीवन जीउनमा सहजता साथै स्वच्छ हावा, सुन्दर वातावरण निमार्ण, नगरपालिकालाई आर्थिक रुपमा पनि विकसित हुनमा सहयोग पुग्ने छ ।

फोहोर व्यवस्थापनमा नगरपालिका र नेप्से म्यापसँग भएको सम्झौताअनुसार नेप्सेले नगरपालिकालाई एक लाख रुपियाँ दिने र नेप्सेले प्रतिपरिवार २५० रुपियाँका दरले लिने गरी सम्झौता भएको छ । आगामी दिनमा सरसफाइ अभियान वडासम्म सञ्चालन गरिने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement