ध्वनी प्रदुषण गर्ने ‘डिजे साउण्ड सिस्टम’ बन्द गर्न गृहको निर्देशन

Advertisement

काठमाडौंः गृह मन्त्रालयले विशेषगरी तराई क्षेत्रमा सामाजिक कार्यहरुमा प्रयोग बढि हुन थालेको ‘डिजे साउण्ड सिस्टम’ बन्द गर्न स्थानीय प्रशासनहरुलाई निर्देशन दिएको छ ।

जुनसुकै सभा, समारोह, विवाह, ब्रतवन्ध जस्ता कार्यक्रमहरुमा ‘डिजे साउण्ड सिस्टम’को अत्यधिक प्रयोग हुन थालेको र त्यसले ध्वनी प्रदुषण बढाएको भन्दै अधिवक्ता सुनिल रञ्जन सिंहले गृह मन्त्रालयमा उजुरी गरेका थिए ।

चर्को स्वरका यस्ता बाजाहरुले मानव स्वास्थ्यमा नकारात्मक असर पर्ने गरेको भन्दै सिंहले ‘डिजे साउण्ड सिस्टम’को अत्यधिक प्रयोगले विशेषगरी तराईको समाज नै अक्रान्त बनेको निवेदनमा उल्लेख गरेका छन् । यस्ता गतिविधि रोक्न स्थानीय प्रशासनबाट ठोस पहल नभएको भन्दै उनले यस्ता ध्वनी प्रदुषण गर्नेहरुलाई कानुनी कारवाही गर्न माग गरेका थिए ।

मन्त्रालयले जिल्लाहरुलाई पत्र लेख्दै ‘डिजे साउण्ड सिस्टम’ नियन्त्रणका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

Advertisement

Advertisement

Advertisement