एनआइसी एसिया बैंकको कार्ड प्रयोगमा २०७५ साल भरी छुटैछुट

Advertisement

काठमाडौंः एनआइसी एसिया बैंकले नयाँ वर्षको उपलक्ष्यमा कार्ड प्रयोगमा भारी छुट अफर ल्याएको छ । यो बर्षभरि नै प्रदान गर्नेगरी बैंकले कार्ड प्रयोगमा छुटैछुटको अफर ल्याएको हो ।

आफ्नो डेबिट एवं क्रेडिट कार्डमार्फत बैंकले निश्चित गरेको विभिन्न हस्पिटल, फार्मेसी, होटल एवं रेस्टुरेन्ट, बुटिक एवं क्लोथिङ स्टोरहरुमा सेवा तथा वस्तु खरिद वापतको रकम भुक्तानी गर्दा खरिद मूल्यको पाँच प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको सुविधा उपलब्ध गराउने भएको हो ।

बर्षभरि नै प्रदान गरिने यस सुविधाबाट ग्राहकहरुलाई अत्याधिक लाभ पुग्ने बैंकले विश्वास लिएको छ । हाल यो सुविधा मुलुकको ३० वटा भन्दा बढी संस्था तथा ब्यापारिक केन्द्रहरुमा उपलब्ध हुने र निकट भबिष्यमा यो संख्यामा वृद्धि हुने बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement