सेञ्चुरी बैंकको नाफामा शतप्रतिशत वृद्धि

Advertisement

काठमाडौंः सेञ्चुरी कमर्सियल बैंकले चैत्र मसान्त सम्ममा ६३ करोड रुपियाँ खुद मुनाफा गरेको छ । सेञ्चुरीले गरेको मुनाफा गत वर्षको सोही अवधिको तुलनामा एक हजार ३५ ले वृद्दि भएको हो ।

बैंकले गत वर्षको तेस्रो त्रैमासको तुलनामा शतप्रतिशतभन्दा बढी खुदनाफा कमाएको छ । बैंकले चैत मसान्त सम्ममा ५२ अब ७३ करोड रुपियाँ निक्षेप संकलन गर्दै ५० अर्वभन्दा बढी कर्जा प्रवाह गरेको छ ।

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले विगत सात महिनादेखि उक्त पद समालेपछि बैंकले नौ वटा शाखा विस्तार गरेको जनाइएको छ । हाल बैंकले काठमाडौं उपत्यकामा ११ शाखाहरु र पाँच वटा एक्स्टेन्सन काउण्टर र उपत्यका बाहिर ८२ शाखाहरु र तीन वटा एक्स्टेन्सन काउण्टर साथै १० वटा शाखारहित बैकिंङ्ग गरी जम्मा एक सय ११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

Advertisement

Advertisement

Advertisement