पहिरोले नारायणगढ–मुग्लिन सडक खण्ड दुई घण्टा अवरुद्ध

Advertisement

चितवनः नारायणगढ–मुग्लिन सडकखण्डमा आइतबार बिहान ५ः३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार इच्छाकामना गाउँपालिका–६ कालीखोलामा पहिरो खसेको हो ।

दिउँसोको समयमा सो सडक बन्द गरिने हुँदा सवारीको चाप बिहान बेलुका बढी हुने गर्छ ।

यसैबीच, पहिरोका कारण अवरुद्ध सडक करिब २ घण्टापछि सञ्चलानमा आएको छ ।

पहिरो पन्छाएपछि नारायणगढ मुग्लिन सडक दुईतर्फी सन्चालनमा आएको मुग्लिन प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement