पशुपतिमा पाँच हजार विरुवा रोपिने

Advertisement

काठमाडौंः विश्व सम्पदा सूचीमा सूचीकृत संसारका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई हरियाली बनाउन वृक्षरोपण अभियान सुरुभएको छ । सो अभियानअन्तर्गत पाँच हजार विरुवा रोपिने बताइएको छ ।

अभियानको शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले शुभारम्भ गरेका हुन् । अभियान शुभारम्भसँगै मृगस्थली जंगल क्षेत्रमा वेलपत्र, लोतसल्लो, चिलाउने, लप्सी, पारिजातलगायत जातका दुई सय ५० वृक्षरोपण गरिएको पशुपति विकास कोषका सदस्यसचिव डा प्रवीण ढकालले जानकारी दिए ।

रोपिएका बिरुवा हुर्काउन पनि कोषले मानिस खटाउने भएको छ । एउटा बिरुवा हुर्काउन ११ हजार एक सय १४ रुपियाँ खर्च लाग्ने उनले बताए । पशुपति क्षेत्रमा श्रद्धालु भक्तजनले जन्मदिन, वैवाहिक वर्षगाठलगायत शुभ अवसरमा वृक्षरोपण गरी हुर्काउन चाहेमा त्यो अवसर प्रदान गर्ने कोषले निर्णय गरेको छ ।

यसै हप्ता युरेशिया रेयुकाईले तीन सय बिरुवा रोप्न स्वीकृति लिएको कोषले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement