गुन्डा नाइके लामालाई शंखमुलमा प्रहरीको गोली प्रहार

Advertisement

काठमाडौंः ललितपुरको यूएन पार्कमा प्रहरीले गुन्डा नाइके अशोक लामालाई गोली प्रहार गरेको छ । प्रहरीको मोस्ट वान्टेड सुचिमा रहेका लामालाई अपराध महाशाखाको टोलीले गोली प्रहार गरेको हो ।

महाशाखाको टोली लामालाई पक्राउ गर्न गएपनि उनले प्रहरी टोलीलाई आक्रमण गरेपछि गोली प्रहार गरेको प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले एउटा पेस्तोल र दुई राउण्ड गोली बरामद गरेको छ ।

गुण्डा नाइके लामालाई एक गोली लागेको छ भने उनको हाल वीर अस्पतालमा उपचार भई रहेको छ ।

Advertisement

Advertisement

Advertisement