ब्याज दिन आउनु भन्दै बोलाएर सई एडीलाई अख्तियारको फन्दामा

Advertisement

काठमाडौंः महानगरीय प्रहरी वृत्त दरवारमार्गका सई वीरेन्द्र ऐडीलाई डान्स रेष्टुरेण्ट व्यवसायी कुमार लामाले दुईलाख ऋण लिएवापत ब्याज दिने नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा पारेको रहस्य बाहिर आएको छ ।

लामाले नयाँ डान्स रेष्टुरेन्ट निर्माण गर्न मासिक दुई हजार ब्याज बुझाउने सर्तमा सई एडीबाट २०७४ साल चैतको अन्तिमतिर दुईलाख नगद ऋण लिएका थिए । सोही ऋणको ब्याज लिन आउनु भन्दै महाराजगञ्जस्थित रिचमण्ड रेष्टुरेन्टमा बोलाई अख्तियारको फन्दामा पारेका हुन ।

अख्तियारका अनुसार सई एडीले आफूले लगानी गरेको दुई लाख नगदको चार महिनाको ब्याज लिने क्रममा यस्तो घटना भएको बयान दिएका छन् ।
ऐडीको वयानमा भनिएको छ– गो–गो बार डान्स रेष्टुरेण्टका सञ्चालक कुमार लामा चिनजानको साथी भनेर दुईलाख ऋण दिएको थिएँ । त्यही ऋणको चार महिनाको मासिक दुई हजारका दरमा ब्याज लिन जाँदा १६ हजार मागेको तर लामाले १६ हजारमा आठहजार प्लस गरी २४ हजार नगद दिएको साँचो हो ।

तर, लामाले भने ऐडीले बारम्वार मासिक दुईहजारका दरमा महिनावारी माग्ने गरेको भन्दै अख्तियारमा ऐडीलाई पक्राउका लागि उजुरी दिएको पाइएको छ । ऐडीले पहिलो पटक लामालाई २०७३ साल भदौमा एकलाख, २०७३ साल कात्तिकमा एकलाख गरी दुईलाख र त्यसपछि २०७४ चैतमा दुई लाख नगद दिएका वयानमा उल्लेख गरेका छन् ।

अनुसन्धानमा संलग्न अख्तियारका अधिकारीका अनुसार उक्त लेनदनेको डान्स रेष्टुरेण्ट व्यवसायी र सई ऐडीबीच कागजी आधार भने केही देखिदैन । ऐडीले भनेका छन् –लामाले पहिलो र दोस्रो पटक दिएको दुईलाख नगदको सावाँ र ब्याज दुबै प्राप्त भइसकेको छ ।

Advertisement

Advertisement

Advertisement