‘गिरिजाले राजतन्त्र र हिन्दुराज्य छोडेर गणतन्त्र ल्याएपछि काँग्रेसको यो हालत’

Advertisement

काठमाडौंः राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनका संयोजक किशोरी महतोले संविधान पुर्नलेखन सभाको माग गरेका छन् । रिपोर्टर्स क्लबमा आइतबार पत्रकार सम्मेलनमा बाल्दै संयोजक महतोले यस्तो माग गरेका गरेका हुन ।

उनले भने, ‘गिरिजाप्रसाद कोइरालाले विपीको विचारलाई त्यागेर गणतन्त्र ल्याउनुभयो । उहाँ बितेपछि गणतन्त्र गन्धमा परिणत भयो । कांग्रेस पार्टीको यो हाल भयो । धर्म मास्नेहरुको भलाई हुँदैन । राष्ट्रिय झण्डा, राष्ट्रिय जनावर पुरानै छ । यो झण्डा उचालेर हामीले देशमा राजतन्त्रको पुनस्र्थापना गर्नेछौं । सबैलाई हाम्रो अभियानमा लागेर साथ दिनको लागि हार्दिक आग्रह गर्दछु ।’

त्यस्तै, शिव सेना पार्टीका अध्यक्ष विक्रम बमले प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापाको सरकार आगामी माघसम्म मात्रै टिक्ने दाबी गरेका छन् । उनले भने, ‘अधिनायकवादीहरुले जनतामाथि कुठाराघात गर्दैछन् । २०४६ सालपछि गुम्दै गएको राष्ट्रियता पहिचान जोगाउनु आजको आवश्यकता हो । ओलीको अधिनायवादी चरित्रको सरकारको आयु धेरै टिक्ने मैले देखेको छैन् । संविधान त पूर्ण रुपमा केही नेता र राजनीतिक दलहरुको भलाईको निम्ति ल्याईएको छ । यो संविधान पुनःलेखन सभाको माग गर्दै हामी सडकमा आएका छौं । देशमा भ्रष्टाचार, अत्याचारले जरा गाडेको स्थिति छ ।’

कार्यक्रममा विश्व हिन्दु परिषद अन्तर्राष्ट्रिय समितिकी महासचिव अस्मिता भण्डारीले वर्तमान संविधानले जनता र देशको भलाई गर्न नसक्ने स्पष्ट पारेकी छिन् । भण्डारीले अतिवादी सोचका आधारमा आएको संविधान खारेजीसँगै पुनः लेखन सभाको माग समेत गरेकी छिन् ।

उनले भनिन्, ‘संघीयता विकासको आधार होईन । हाम्रो जस्तो देशमा विकासको बाधक पनि हो । संघीयता नभएका विश्वका धेरै देशहरु विकसित छन । यूरोपियन देशहरुमा बेलायतकी महारानीलाई मानार्थ महारानीको रुपमा स्वीकार गरेका छन् । हाम्रो देशले आफ्नो देशको राजालाई समेत स्वीकार गर्न सकेन ।’

बिदेशीको इशारामा संघीयता लादेको भन्दै भण्डारीले थपिन्, ‘स्वीट्जरल्याण्डमा सबैभन्दा पहिले तीनवटा जर्मन भाषी देशहरु मिलेर संघीयता सुरु गरेका थिए । त्यसपछि अमेरिकामा १८७९ मा १३ देशहरु मिलेर संघीयताको कार्यन्वयन गरेका छन् । हाम्रो देशमा पाँचवटा विकास क्षेत्र थिए र त्यसलाई टुक्राएर ७ वटा बनाईएको छ । यो बेल्कुल ठिक छैन ।’

Advertisement

Advertisement

Advertisement