त्रिभुवन विमानस्थलबाट सुनसहित नेपाली महिला पक्राउ

Advertisement

काठमाडौं।  कतारबाट नेपाल आउँदै गरेकी एक नेपालि महिला त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी छन्।  करीब २ सय ग्राम सुन बोकेर कतारबाट नेपाल आएकी रुवीकुमारी महतोलाई  प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हो ।

हिमालयन एयरको उडानद्वारा कतारबाट काठमाडौं आएकी सिराहाको मिर्चैया नगरपालिका–२ की  रुवीकुमारी महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

महतोले १ सय ९९ ग्रामको सुनको बाला ४ थानसहित लुकाइछिपाइ ल्याएकी थिइन् । प्रहरी प्रधान कार्यालयका अनुसार उनलाई विमानस्थलको पार्किङ एरियामा जाँच गर्ने क्रममा पक्राउ गरिएको हो ।

उनी भन्सार छली अवैध रुपमा लुकाई–छिपाई लैजान लागेको सुनसहित फेला परेपछि आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।

Advertisement

Advertisement

Advertisement