मुक्तिनाथ बैंकले शिक्षकलाई ल्यापटप किन्दा सहज प्रकृयामा कर्जा दिने

Advertisement

काठमाडौं ।  नेपालका  सरकारी, सामुदायिक तथा निजी विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धि गर्ने र  प्रबिधियुक्त विद्यालय बनाई श्रब्यदृष्य समाग्रीमार्फत विद्यार्थीका पाठ्यक्रमहरु प्रस्तुत गरी शिक्षण सिकाई कार्यलाई प्रभावकारी बनाउने अभिप्रायले मुक्तिनाथ विकास बैंक लिमिटेड र आईसिटी ईन एजुकेशन नेपाल प्रा.लि.वीच सम्झौता भएको छ ।

सो सम्बन्धि सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र आईसिटीईन एजुकेशन नेपालको तर्फबाट प्रबन्ध निर्देशक मोहनबहादुर राउतले हस्ताक्षर गरेका छन् ।

यस योजनाअन्तर्गत सरकारी, सामुदायिक तथा निजी विद्यालयमा अध्यापनरत शिक्षकहरुलाई ल्यापटप खरिदका लागि मुक्तिनाथ विकास बैंकले सरल प्रकृयामा कर्जा उपलब्ध गराउने छ । यो कर्जा मुक्तिनाथ विकास बैंकको नेपाल अधिराज्यभरका शाखा कार्यालयहरुबाट उपलब्ध गराईनेछ ।

यसबाट विद्यालय, शिक्षक र बिद्यार्थीहरु समेत लाभान्वित हुने र विद्यालयको शैक्षिक गुणस्तरमा प्रभावकारीता आउने अपेक्षा गरिएको छ ।

Advertisement

Advertisement

Advertisement