विद्युत् चोर्ने नौ जनालाई ५१ हजार जरिवाना

Advertisement

लहान । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र मिर्चैयाले हुकिङ गरी विद्युत् चुहावट गर्ने नौ जनालाई आइतवार साँझ पक्राउ गरेको छ ।

प्राधिकरण वितरण केन्द्र मिर्चैयाबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले मिर्चैया, कल्याणपुर, कर्जन्हा नगरपालिकालगायत विभिन्न ठाउँबाट हुकिङ गरी विद्युत् चुहावट गर्ने नौ जनालाई पक्राउ गरी जरिवाना तिराएको हो ।

विद्युत् चुहावट नियन्त्रणका लागि अनुगमन निरीक्षणको क्रममा हुकिङ गरी विद्युत् चुहाबट गरिरहेको अवस्थामा सबैजनालाई पक्राउ गरिएका प्राधिकरण वितरण केन्द्र मिर्चैयाका प्रमुख दीगम्बर यादवले जानकारी दिए ।

पक्राउ गरिएका सबैमाथि विद्युत् चुहावट ऐनअन्तर्गत कारवाही गरी जरिवानाबापत रू. ५१ हजार ३ सय ७१ राजस्व सङ्कलन भएको प्रमुख यादवले बताए । उनका अनुसार सो क्रममा विद्युत् मिटर चार थान, पङ्खा तीन थान र टिभी तीन थानलगायतका सामान बरामद गरिएको छ ।

Advertisement

Advertisement

Advertisement