पत्रकार शाहमाथि भएको आक्रमण र लुटपाटको सोसाइटीद्धारा निन्दा

Advertisement

काठमाडौं । कर्पोरेट मासिकका सम्पादक उज्वलजंग शाहमाथि काठमाडौं मलमा केही व्यक्तिहरुबाट नियोजितरुपमा भएको साङघातिक आक्रमण र लुटपाटप्रति इकोनोमिक मिडिया सोसाइटीले विरोध जनाउँदै दोषीहरुलाई कारवाहीको माग गरेको छ ।

काठमाडौं मलमा व्यापार गर्दै आएकाहरुको पक्षमा कलम चलाउँदै आएका शाहीमाथि उनीहरुकै विषयलाई लिएर निम्ता दिन जाने क्रममा आक्रमण हुनु र सुनको सिक्रीसमेत लुटिनु निन्दनीय र आपत्तिजनक कुरा हो भन्दै सोसाइटीले घटनाको सत्यतथ्य छानविन गरी आक्रमण र लुटपाटमा संलग्नलाई कारवाही गर्न पनि सोसाइटी माग गर्दछ ।

साथै, सोसाइटीले पत्रकारहरुले स्वतन्त्ररुपमा काम गर्ने बाताबरण बनाउन पनि सरकारसँग यस माग गरेको छ ।

Advertisement

Advertisement

Advertisement