निमोनियाका कारण काङ्ग्रेस नेता रामकृष्ण ताम्राकारको निधन

Advertisement

काठमाडौं । नेपाली काङ्ग्रेसका पूर्वकोषाध्यक्ष एवं पूर्वमन्त्री रामकृष्ण ताम्राकारको उपचारका क्रममा निधन भएको छ । निमोनिया बढेपछि यही वैशाख ३ गते अस्पताल भर्ना भएका ७५ वर्षीय नेता ताम्राकारको मंगलबार दिउँसो ३ः४५ बजे अल्का अस्पतालमा निधन भएको काङ्ग्रेसले जनाएको छ ।

पूर्वस्वास्थ्य र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रहेका नेता ताम्राकारले पार्टीको ११ औँ महाधिवेशनपछि कोषाध्यक्षको भूमिका निर्वाह गरेका थिए । भैरहवा सिद्धार्थनगर निवासी ताम्राकार काठमाडौँमा बस्दै आएका थिए ।

Advertisement

Advertisement

Advertisement