टोखामा प्रहरीले गुण्डालाई गोली हानी पक्राउ गर्यो

Advertisement

काठमाडौं । प्रहरीले एक गुण्डालाई गोली हानी पक्राउ गरेको छ। प्रहरीको खोजीको सूचीमा रहेका काले भनिने विष्णु तामाङलाई प्रहरीले गोली हानी काठमाडौँको टोखाबाट पक्राउ गरेको हो।

पक्राउ गर्न गएको टोलीलाई हतियार देखाएपछि घुँडामुनि गोली हानेर पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका एसपी केदार ढकालले बताए। उनको साथबाट हतियारसहित पाँच राउण्ड गोली बरामद भएको बताइएको छ।

घाइते तामाङको उपचार वीर अस्पतालमा उपचार भइरहेको छ। विभिन्न आठ ठाउँमा डकैती गरेको आरोपमा २०७२ सालमा ६ वर्ष जेल सजाय पूरा गरी छुटेका सिन्धुपाल्चोकको मेलम्चीका तामाङ फेरि पनि चोरी डकैतीमा संलग्न भएपछि प्रहरीले खोजी सुरु गरेको थियो।

Advertisement

Advertisement