आजको मौसम : बागमतीसहित यी तीन प्रदेशमा चट्याङसहित वर्षा हुने

Advertisement

काठमाडौं । देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहेको छ । 

जल तथा मौमस विज्ञान विभागका अनुसार अहिले कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एकाध स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

Advertisement

विभागका अनुसार दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशलगायतका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने विभागले जनाएको छ । साथै, बाँकी पहाडी भू–भागका एकाध स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । 

त्यसैगरी राति कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने बताइएका छ । 

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ भने बाँकी भू–भागमा हल्का वर्षाको सम्भावना छ । 

गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहने पनि विभागको पूर्वानुमान छ । 

Advertisement

Advertisement