चिनी उद्योग बन्द भएपछि पाँच करोड भन्दा बढीको उखु खेतमै सुक्यो

Advertisement

काठमाडौं । चिनी उद्योग बन्द भएपछि पश्चिम नवलपरासीका किसानहरुको पाँच करोड भन्दा बढीको उखु खेतमै सुकेका छन् ।

जिल्लामा तीन वटा चिनी उद्योग छन् । तीमध्ये लुम्बिनी चिनी उद्योग एक महिना अघि नै बन्द भएको छ । बाग्मती र इन्दिरा चिनी उद्योगले तीन दिनअघि क्रसिङ बन्द भएको सूचना निकालेपछि किसानका उखु खेतमै सुक्न थालेका हुन् ।

उद्योग बन्द भएपछि बिक्री हुन नसकेका उखुको क्षतिपूर्ति सरकारले उपलव्ध गराउनुपर्ने किसानहरुले माग गरेका छन् । मंसिरको अन्तिम सातामा क्रसिङ सुरु हुने उद्योगहरु यस वर्ष फागुनको दोस्रो सातादेखि सञ्चालनमा आएका थिए ।

ढिलो गरी सञ्चालनमा आएका उद्योगहरु उखु खेतमै रहँदा बन्द भएकाले त्यसको क्षतिपुर्ति सरकारले दिनुपर्ने उखु उत्पादक कृषक समितिका जिल्ला अध्यक्ष उमेश यादवले बताए । उद्योग बन्द भएपछि ७० देखि ७५ विगाहामा लगाइएको एक लाख बढी क्विन्टल उखु पूर्ण रुपमा सुक्न थालेका छन् ।

जस कारण किसानले पाँच करोड बढी क्षति ब्यहोर्नु परेको अध्यक्ष यादवले बताए । उखु नकाटेसम्म उद्योग बन्द नगराउन पटक पटक प्रशासनलाई आग्रह गरे पनि वास्ता नगरिएकाले त्यसको क्षतिपुर्ति सरकारले उपलव्ध गराउनुपर्ने किसानको माग छ ।

Advertisement

Advertisement

Advertisement