टेलिकमको विशेष अफरः ‘रिपब्लिक डे कम्बो प्याक’

nepal_telecom

काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकहरुलाई गणतन्त्र दिवस २०७६ को अवसरमा आफ्ना सेवाहरुमा विशेष छुट दिने भएको छ ।

टेलिकमले मंगलबारदेखि लागू हुने गरी ‘रिपब्लिक डे अफर २०७६’ उपलब्ध गराउने भएको छ । यस अन्तर्गत ५० रुपियाँमा ‘रिपब्लिक डे कम्बो प्याक’ उपलब्ध गराइने छ । यो अफर जेठ १४ देखि जेठ १६ सम्म खरिद गर्न सकिने छ ।

यो छुट योजना अन्तर्गत ५० रुपियाँमा प्याक खरिद गर पश्चात कुनै पनि समयमा ४ सय एमबी डाटा चलाउन, ३० मिनेट भ्वाइस कल गर्न र एक सय वटा एसएमएस पठाउन सकिने छ । यो प्याक ७ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ ।

छुट प्राप्त गर्नका लागि ग्राहकले ८१४१५३ मा डायल गर्नु पर्नेछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।