सगरमाथा इन्स्योरेन्सको एजीएम असार १३ गते, १ गतेदेखि बुक क्लोज

Advertisement

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको २२औं वार्षिक साधारणसभा  (एजीएम ) आगामी असार १३ गते बस्ने भएको छ । कम्पनीको बैठकले सभा काठमाडौंको भाटभाटेनीस्थित आम्रपाली बैंङक्वेटसमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।

सभाले सेयरधनीलाई ८६ प्रतिशत बोनस सेयर दिने विशेष प्रस्तावलाई पारित गर्नेछ । कम्पनीले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि असार १ गतेदेखि सभा सम्पन्न नभएसम्म इन्स्योरेन्सको बुक क्लोज गर्न लागेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ५३ करोड ८२ लाख ९१ हजार ९०० रुपियाँ रहेको छ । सो मात्राको बोनस पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपियाँ नाघ्ने छ ।

Advertisement

Advertisement

Advertisement