सामसङको डिजिटल प्लाजा बुटवलमा सञ्चालन

Advertisement

काठमाडौं । सामसङले १४ औं सामसङ डिजिटल प्लाजा सञ्चालनमा ल्याएको छ । कम्पनीको नेपालका लागि आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्सले बुटवलमा अत्याधुनिक र सुविधा सम्पन्न शोरुम खोलेको हो ।

प्लाजाबाट सामसङका टीभी, मोबाइललगायत सामसङका सामान प्रदर्शन तथा बिक्री गरिनेछ ।

बजारमा सामसङका सामानहरुको बढ्दो मागले गर्दा बुटवलमा नयाँ शोरुम खोल्न हिम इलेक्ट्रोनिक्सले भगवती मल्टि सप्लायर्ससँग सहकार्य गरेको हो । नयाँ शोरुम उद्घाटन गर्दै भगवती मल्टि सप्लायर्सका प्रोप्राइटर शिखर थापा र सपन पाण्डेयले नयाँ शो–रुमबाट ग्राहकले नयाँ अनुभव गर्ने र आफूहरुले राम्रो ग्राहक सेवा दिने प्रतिबद्धता व्यक्त गरे ।

Advertisement

Advertisement

Advertisement