चित्रकारले आत्महत्या गर्न प्रयोग गरेको पेस्तोल दुई करोडमा बिक्री गरियो

Advertisement

पेरिस । डच चित्रकार भिनसेन्ट वान गफले आत्महत्या गर्न प्रयोग गरेको पेस्तोलको लिलामी गरिएको छ । मंगलबार पेरिसमा उक्त हतियार १,८१,००० डलर ( रु २०१२९०१००) मा लिलामी गरिएको हो ।

लिलामीको लागि आयोजना गरिएको कार्यक्रमका आयोजकले हतियार लिने व्यक्तिको पहिचान भने गोप्य राखेको छ । आयोजकका अनुसार चित्रकलाको क्षेत्रमा यो हतियार चर्चित छ ।

आयोजकले यो पेस्तोलले नै गफले आत्महत्या गरेका थिए कि थिएनन् भन्ने विषयमा पुष्टि भने गरेको छैन । आयोजकले बताए अनुसार गफको मृत्यु ७५ वर्षअगाडि भएको थियो । र उनको मृत्यु भएको स्थानमा उक्त पेस्तोल भेटिएको थियो । पेस्तोलको क्यालिभर पनि गफको पेटमा भेटिएको गोलीसँग मेल खाने थियो । वैज्ञानिक परिक्षणले उक्त पेस्तोल १८९० देखि जमिनमूनि रहेको पत्ता लगाएको छ ।

गफले १८९० मा पेटमा गोली हानेर आत्महत्या गरेका थिए । १९६५ मा ७ एमएमको उक्त पेस्तोल आन्वर्स सुर ओइस गाउँको एकजना किसानको खेतमा भेटिएको थियो । र, त्यही स्थानमा गफको शव भेटिएको थियो । किसानले पेस्तोल एउटा होटलका मालिकलाई दिएका थिए । सन् १०१६ मा होटलका मालिकले पेस्तोल गफको म्युजियममा राखिएको थियो ।

Advertisement

Advertisement

Advertisement