दोहोरो भिडन्तमा विप्लव समूहको कार्यकर्तासहित एक प्रहरीको मृत्यु

Advertisement

काठमाडौं । भोजपुर सदरमुकाममा भएको विप्लव समूहका कार्यकर्ताको भिडन्तमा विप्लव समूहको कार्यकर्तासहित एक प्रहरीको मृत्यु भएको छ । भोजपुर सदरमुकामको हटिया लाइनमा बुधबार विहान ९ बजेतिर भोजपुर सदरमुकामस्थित शनिबारे हटियामा रहेको पान्धारे होटल नजिकै विप्लव कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत प्रहरी जवान राईलाई गोली हानेका हुन् ।

घटनामा एक प्रहरी र एक विप्लवका कार्यकर्तासहित दुईको मृत्यु भएको छ । घटनामा जवाफी कारबाहीमा विप्लव समूहका कार्यकर्ता निरकुमारलाई पनि गोली लागेको थियो ।

भोजपुर अस्पतालमा उपचार हुँदै गर्दा प्रहरी जवान सन्जीव र विप्लब कार्यकर्ता निरकुमारको मृत्यु भएको छ । खोटाङ्ग जिल्ला घर भएका सन्जीव घुमुवा प्रहरी हुन् । यो घटनापछि सदरमुकाममा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

Advertisement

Advertisement

Advertisement