अब काठमाडौंमा अण्डाको मूल्य १२ रुपैंयाँ मात्रै

Advertisement

काठमाडौँ । काठमाडौंमा अण्डाको मूल्य १२ रुपैंयाँ कायम भएको छ । नेपाल दाना, अण्डा, कुखुरा वितरक सङ्घ केन्द्रीय समितिले अण्डाको नयाँ मूल्य कायम गरेको हो । सङ्घले काठमाडौँमा आयोजना गरेको बृहत अन्तरक्रिया कार्यक्रममा किसान र व्यवसायी बीचको सहमतीपछि नयाँ मुल्य कायम गरिएको हो । नयाँ मूल्य अनुसार अबदेखि उपभोक्ताले प्रतिगोटा १२ रुपैयाँमा अण्डा पाउनेछन् ।

अब १२ रुपैंयाँ भन्दा बढीमा अण्डा बेच्नेलाई संघले कारवाही गर्ने घोषणा पनि गरेको छ । नयाँ मुल्य सोमबारबाटै लागु गर्न व्यवसायीको तर्फबाट सूर्यमान शाक्य र किसानको तर्फबाट पिताम्बर सञ्जेलको संयोजकत्वमा अलग अलग ७÷७ सदस्ययी समिति गठन गरिएको छ । किसानहरु धेरै समयदेखि अण्डको रेट नपाएर व्यवसायी धरासीय भएको अवस्थामा नेपाल दाना, अण्डा, कुखुरा वितरक संघले काठमाडौँमा आम उत्पादक, सप्लार्यसहरु भेला गरेको संघका अध्यक्ष तेजनारायण पाण्डेले बताए ।

अण्डाको रेटको लागि सबै मिलेर जादाँ रेट पाईन्छ भन्ने सोचले किसानहरुलाई अण्डाको रेटको विषयमा अन्र्तक्रिया कार्यक्रम गरेको उनले बताए । नेपाल दाना, अण्डा, कुखुरा वितरक संघकै पहलमा भएको मूल्य वृद्धिले किसानले वास्तविक मूल्य पाउनेमा कुनै शंका नरहेको संघका पाण्डेले बताए । नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष अर्जुन अर्यालले आफै अग्रसर भएर मूल्य वृद्धि गरिएको र यसलाई कार्यान्वयन गर्न सबै पक्ष लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागी किसान तथा सप्तार्यसहरुले अण्डा संघको विवादमा पक्ष विपक्ष हुदाँ समग्र पोल्ट्री क्षेत्रलाई असर गरेको निष्कर्ष निकालेका छन् । भने मुल्य निर्धारण र अनुगमनका लागि आफै सर्वपक्षिय समिति समेत गठन गरेका छन् । उनीहरुले अण्डा विकाउने नाममा केहि खराब किसान र व्यवसायीकै कारण मुल्यमा आफु खुसी गर्दा समस्या परेको बताएका छन् ।

यसअघि भदौँ ३१ गते सोही संघले चितवनमा देशव्यापी रुपमा उत्पादक, सप्लार्यस, वितरकहरुको भेला राखी घट्दै २२० रुपैया पुगेको अण्डाको क्रेट रेटलाई वृद्धि गरि २५० किसान रेट कायम गरेका थियो । त्यसको कार्यान्वयनको लागि काठमाडौँको किसानहरुलाई जानकारी गराई काठमाडौँका किसानहरुले पाउने रेट २ सय ६५ रुपैया प्रति क्रेट हुन जान्छ संघको बरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक विनोद पोख्रेरलले भने, ‘सोही रेट कार्यान्वयन गर्न अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हौँ ।’

Advertisement

Advertisement

Advertisement