बुद्ध एयरको काउण्टर तोडफोड गर्ने सांसदलाई रिहा गर्न माग गर्दै राजपाले गर्यो विरोध प्रदर्शन

Advertisement

काठमाडौं । बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको आरोपमा पक्राउ परेका सांसद प्रमोदकुमार साहलाई रिहा गर्न माग गर्दै राष्ट्रिय जनता पार्टी (राजपा)ले जनकपुरमा प्रदर्शन गरेको छ । राजपाका कार्यकर्ताले बुधबार सडकमा टायर बालेर विरोध प्रदर्शन गरेका हुन् ।

अदालतले सांसद साहलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । तर पनि राजपाका कार्यकर्ताले सांसद साहलाई तत्काल रिहा गर्नुपर्ने माग राखेका छन् ।

सांसद साहले प्लेन डिले भयो भन्दै सोमबार जनकपुर विमास्थलको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका थिए ।

Advertisement

Advertisement

Advertisement