Advertisement

काठमाडौँ । स्रात नखुलेको एक करोड ४७ लाख रुपियाँ नगदसहित एक भारतीय नागढुँगाबाट पक्राउ परेका छन् । कपिलबस्तुबाट आएका भारतीय नागरिक अमित गुप्ताको साथबाट यति ठूलो परिमाणमा नगद भेटिएको हो ।  थानकोट प्रहरीले उनीसँगै एक जना नेपाली युवकलाई पनि पक्राउ गरेको छ ...

मोरङ । मोरङको पर्यटकीय क्षेत्र जेफाललगायत उत्तरी मोरङमा सुरक्षाकर्मीको व्यवस्था गर्न स्थानीयले १५ वर्षदेखि माग राख्दै आएका थिए। तर सरकारी निकायले त्यस मागको बेवास्ता गर्दा सो क्षेत्रमा आपराधिक घटना बढेका छन्। शिक्षक राजेन्द्रकुमार श्रेष्ठको मंगलबार भएको हत्या त्यसैको एक उदाहरण...

काठमाडौं। नेपाल प्रहरीले हेर्दै आएको रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न अघि बढाएको छ । अख्तियारले उक्त कम्पनीका सञ्चालक, मूल्यांकनकर्ता र कर्मचारीहरुलाई बयानका लागि बोलाएको सुचना निकालेको छ । उनीहरुलाई सात दिनभित्र...

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माआवादीले मोरङ मिक्लाजुङ गाउँपालिका– १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या गरेको छ । मंगलबार बिहान हतियारसहित आएका विप्लवका कार्यकर्ताले उनलाई बर्खेटोलस्थित घरबाटै अपहरण गरेका थिए...

काठमाडौं । मानवअधिकार उल्लंघनकर्ताको सूचीमा परेका व्यक्तिलाई विदेश जान समस्या पर्ने देखिएको छ। राष्ट्रिय मानवअधिकार आयोगले असोजमा २ सय ८६ जनाको नामसहितको सूची सार्वजनिक गरेको थियो। यसबारे विदेशी दूतावास र कूटनीतिक क्षेत्रबाट सरोकार राखेको आयोगले जनाएको छ। सरकारका...

काठमाडौँ । भक्तपुरको चर्चित नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने पक्राउ परेका छन् । ठगीको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।   प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले न्यौपानलाई चण्डोलबाट पक्राउ गरेको जनाएको छ । निकै लामो समयदेखि चर्चा...

बझाङ । चैतयता लकडाउन अवधिभर मानिसको चहलपहल ठप्पप्रायः भयो । लकडाउन हटाइएपछि पनि व्यापार, पर्यटनलगायत धेरै क्षेत्र तङ्ग्रिन सकेका छैनन् । तिब्बतसँग जोडिएको बझाङको उरै नाकाबाट चीनतर्फ जडीबुटी र वन्यजन्तुको तस्करी भने कोरोनाले पनि रोक्न सकेन । उसो त चीन सरकारले कोरोन...

काठमाडौं । आफ्नै सहकर्मीको हत्या गरी २७ बर्षदेखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । २०५४ कात्तिक १६ गते जयबागेश्वरीस्थित निर्माणेश्वर मन्दिर नजिक काभ्रे पनौतिका श्याम खड्कालाई हत्या गरी फरार रहेका मानकाजी श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।  हत्या ग...

वीरगंज । नेकपाका स्थानीय नेता मुकेश चौरसियाको हत्याको जाहेरी मुद्दा लिन राजनीतिक दबाबका कारण अटेर गर्दै आएको प्रहरीले बल्ल जाहेरी दर्ता गरेको छ । जिल्ला न्यायाधीवक्ताको कार्यालयले निर्देशन दिएपछि बल्ल जिल्ला प्रहरी कार्यालय पर्साले उजुरी दर्ता गरेको हो ।  नेकपाक...

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले विभिन्न बहाना बनाएर प्रविधिको दुरुपयोग गरी अश्लील गतिविधि भइरहेकाले सचेत हुन ध्यानाकर्षण गराएको छ । विभिन्न व्यक्तिको ल्याण्डलाइन र मोबाइल फोनमा नम्बर नै नदेखिने तथा सामाजिक सञ्जालको नक्कली आइडी बनाएर कल गरी आफू प्रहरीको साइबर ...

काठमाडौं । नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले बालिका बलात्कारको आरोपमा पक्राउ परेको प्राधिकरणका कर्मचारी एवं संघका सहअध्यक्ष शंकर बाह्राकोटीलाई संरक्षण गर्न आफू नलागेको स्पष्ट पारेको छ ।  संघले दोषी भए जोसुकैलाई कारवाही हुनुपक्ष भन्ने पक्षमा आफू रहेको भन्दै ...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा कार्यरत अधिकृतस्तरका एक कर्मचारी बालिका बलात्कारको आरोपमा पक्राउ परेका छन् । प्राधिकरणमा सहायक कम्युटर अधिकृतको रुपमा कार्यरत शंकर बाराकोटीलाई गौशाला प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।  प्राधिकरणभित्र नेपाली काँग्रेसनि...

काठमाडौं । शरीर बन्धक र ज्यान मार्ने उद्योगका अभियुक्त छ वर्षपछि पक्राउ परेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । उक्त मुद्दामा दोषी ठहर भएका फरार अभियुक्त नरेश मेचेलाई आइतबार काठमाडौंको नयाँ बसपार्कस्थित एक होटलबाट पक्राउ गगरिएको हो ।  निज मे...

वीरगञ्ज । यहाँको एक अपार्टमेन्टमा प्रहरीले छापा मारेर २३ किलोभन्दा बढी अवैध सुन बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका–५ मा रहेको गणेश अपार्टमेन्टमा सउक्त सुन बरामद भएको हो ।  प्रहरीले शनिबार छापा मारेर २३ किलोभन्दा बढि सुन र दुई किलो चाँदी बरामद गरेक...

काठमाडौं । १४ वटा देशको ट्रान्जिट हुँदै अमेरिका छिर्न खोजेका ६ नेपाली युवा लाखौँ सिध्याएर दुई वर्ष जेल बसी स्वदेश फर्केका छन् । मानव तस्कर समूहको पछि लागेर मेक्सिकोबाट अमेरिका छिर्न खोजेका उनीहरूलाई अमेरिकाका सुरक्षाकर्मीले नेपाल नै ल्याएर छाडिदिएका छन् । गत १४ अस...

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेश थापाले निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणलाई पार लगाउन नसकिए प्रहरी संगठनमाथि सदाको लागि धब्बा लाग्ने कुरामा आफूहरु सचेत रहेको बताएका छन् ।  संसदको राज्यव्यवस्था समितिको बुधबारको बैठकमा उनले कञ्चनपुरकी...

काठमाडौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मलेसियामा बसेर अपहरण तथा शरीर बन्धक गर्ने गरेको अभियोगमा डेबिड भनिने दुर्गाबहादुर श्रेष्ठलाई पक्राउ गरेको छ । सीआईबीले पीडितको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जनाएको हो । उनलाई काठमाडौं जिल्ला अद...

काठमाडौं । नेपालमा केही महिनायता पाई नामक एक क्रिप्टो चर्चामा छ। बिटक्वइन वा इथेरेमजस्तै बहुमूल्य क्रिप्टोकरेन्सी (अभौतिक मुद्रा) बन्ने भन्दै यसको माइनिङ (पैसा उत्पादन) व्यापक रूपमा भइरहेको छ। सेयर बजारका लगानीकर्ता र सहरी क्षेत्रका विद्यार्थीमा पाई लोकप्रिय हुँदै गएको बत...

काठमाडौं । वस्तुको प्रत्यक्ष बिक्रीका नाममा नेटवर्किङ व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई बचाउन संसदीय समितिमा चलखेल सुरु भएको छ । दुई साताअघि प्रतिनिधिसभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा तत्काल व्यवसाय बन्द गर्नुपर्छ भन्ने सांसदले नै अहिले...

काठमाडौं । १५ किलो नक्कली सुन बरामद प्रकरणमा प्रहरीकै मिलेमतो देखिएको छ। दुई जवानसहित केही अभियुक्त पक्राउ परेका छन्। काठमाडौं प्रहरी प्रमुख श्यामलाल ज्ञवालीले घटनामा संलग्न अधिकांश अभियुक्तलाई नियन्त्रणमा लिइसकिएको जानकारी दिएका छन्। ‘ठगी गरेर कराडौं हत्याउन...

काठमाडौं । सुन्धाराबाट बरामद साढे १४ किलो चाँदी र आधा किलो सुन तस्करीको घटनामा प्रहरीले नक्कली भारतीय रुपियाँ कारोबारमा जेलमा रहेका युनुस अन्सारीको ‘कनेक्सन’ खोज्न थालेको छ । तस्करीमा संलग्न मुख्य अभियुक्त युनुसकै पूर्वसाझेदार भएको पाइएपछि प्रहरीले अनुस...

काठमाडौं । प्रहरीले कमलादीमा सुरक्षा जाँच गरिरहेको थियो। त्यही बेला बा.६च ५५१९ नम्बरको सेतो रङको स्कर्पियो प्रहरीले रोक्न खोज्यो। तर गति बढाएर गाडी भाग्यो। प्रहरीले पिछा गर्‍यो। त्यसको सुइँको पाएपछि कपडाको झोला फ्याँकेर गाडी भागेको प्रहरीले जनाएको थियो। यो घटन...

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले दोषी ठहर गरी फरार हुँदै आएका एक व्यक्तिलाई आज प्रहरीले अदालतमा पेश गरेको छ । मुद्दामा दोषी ठहर भएर पनि कैद भुक्तानी बेरुजु रही फरार हुँदै आएका नुवाकोट थानापति घर भई हाल ललितपुर महानगरपालिका–१४ बस्ने ४३ वर्षीय पा...

काठमाडौँ । प्रहरीले कुरियरमार्फत होम डेलिभरी गर्ने नाममा रु दुई लाख ७९ हजार ९१० ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ प्रहरीको महानगरीय अपराध महाशाखाले कुरियरमार्फत होम डेलिभरी गर्ने नाममा सामान नपु¥याई ठगी गर्ने धनुषाका २४ वर्षीय धिरज शाहलाई सोमबार पक्राउ गरेको हो ।...

काठमाडौँ । सरकारी छाप कीर्ते र ठगी मुद्दामा दोषी ठहर भई फरार हुँदै आएका एक व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको विसं २०७० चैत १७ गतेको फैसलाले दोषी ठहर भई फरार हुँदै आएका ललितपुरको महाङ्काल बस्ने ४३ व...