कोरोनाका कारण ८.२ प्रतिशत उद्यमी/व्यवसायी पलायनको बाटोमा

Advertisement

काठमाडौं । कोभिड १९ का कारण ८.२ प्रतिशत उद्यमी व्यवसायीले पलायन हुने बाटो रोजेका छन् । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनका अनुसार ८.२ प्रतिशत उद्यमी व्यवसायीले हाल सञ्चालन गरिरहेको उद्यम छोड्न चाहेका बताएका हुन् । राष्ट्र बैंकले तयार पारेको अध्ययन प्रतिवेदन अनुसार ५.४ प्रतिशत उद्यमी व्यवसायले हाल सञ्चालन गरिरहेको व्यवसाय बेच्न चाहेका छन् । त्यस्तै, २.८ प्रतिशतले भने आफ्नो व्यवसाय नै बन्द गर्न चाहेको बताएका छन् । 

कारोबारलाई घटाएरै भए पनि अहिलेकै उद्यम व्यवसायलाई निरन्तरता दिने पक्षमा भने ४.५ प्रतिशत उद्यमी व्यवसायी देखिएका छन् । ८२.३ प्रतिशत उद्यमी व्यवसायी भने अहिलेकै व्यवसायलाई निरन्तरता दिने पक्षमा उभिएका छन् । राष्ट्र बैंकका अनुसार कृषि वन तथा मत्यपालन व्यवसायमा संलग्नहरुमध्ये २.६३ प्रतिशतले आफ्नो व्यवासय बन्द गरेर नयाँ आरम्भ गर्न चाहेका छन् । 

उत्पादन मुलक क्षेत्रमा लगानी गरेका २.४४ प्रतिशत व्यवसायीले अहिलेको उद्योग धन्दा बन्द गरेर नयाँ क्षेत्रमा जान चाहेका छन् । ५.६९ प्रतिशत भने बिक्रि गर्ने पक्षमा देखिए । त्यस्तै, ५.६९ प्रतिशत व्यवसाय नै कारोबार घटाउने पक्षमा उभिएको देखियो । निर्माण क्षेत्रका ८.३३ प्रतिशत व्यवसायीले कारोबार बन्द, ४.१७ प्रतिशतले बिक्रि र ८.३३ प्रतिशतले नयाँ व्यवसाय आरम्भ गर्ने योजना रहेको बताए । 

थोक तथा खुद्रा व्यापार तर्फ २.६३ प्रतिशत व्यवासयीले बन्द गर्ने बाटो रोजे भने ५.६९ प्रतिशतले बिक्रि गर्ने तयारी रहेको सुनाए । यातायात तथा भण्डारण क्षेत्रका ११.७६ प्रतिशतले बन्द गर्ने बताए भने ५.८८ प्रतिशतले बिक्रि गर्ने बताए । उता, कोरोनाबाट अत्याधिक प्रभावित भनिएको होटल तथा रेष्टुरेन्ट क्षेत्रका ०.९० प्रतिशतले मात्रै बन्द गर्ने सोँच बनाएको देखियो । ४.५० प्रतिशतले बिक्रि गर्ने तथा १.८० प्रतिशतले नयाँ व्यवसाय सुरु गर्ने बताए । 

रियलस्टेट, भाडा तथा व्यवसायीक क्रियाकलापहरु तर्फ ११.११ प्रतिशतले बन्द गर्ने, २२.२२ प्रतिशतले बिक्रि गर्ने बताए । शिक्षा तर्फ ६.३८ प्रतिशतले बन्द गर्न चाहाँदा २.१३ प्रतिशतले नयाँ व्यवसाय आरम्भ गर्न चाहेको बताए । राष्ट्र बैंकका अनुसार उद्योग व्यवसायहरुलाई विभिन्न १३ क्षेत्रमा एकत्रित गरी अध्ययन गरिएको थियो । अध्ययनमा  ५२ जिल्लाका ६७४ उद्योगी÷व्यवसायीहरु समेटिएका थिए । राष्ट्र बैंक अनुसन्धान विभागका प्रमुख डा. गुणाकर भट्टको नेतृत्वमा २०७७ जेठ २६ गतेदेखि असार १० गतेसम्म सर्वेक्षण गरिएको थियो । 

कति भयो क्षति ? 
सर्वेक्षणमा संलग्न ३९ प्रतिशत उद्योग÷व्यवसाय पूर्ण वा आंशिक रुपमा सञ्चालनमा रहेका र ६१ प्रतिशत उद्योग÷व्यवसायहरु पूर्णरुपमा बन्द रहेका पाइएका छन् । यसबीचमा सर्वेक्षणमा संलग्न उद्योग÷व्यवसायले झण्डै एक चौथाइ कर्मचारी÷कामदार कटौती गरेको पाइएको छ । यसरी कटौती हुने मध्ये अस्थायी÷करारका कामदार दुई तिहाइभन्दा धेरै रहेका छन् । सोही अवधिमा उद्योग÷व्यवसायहरुले औसतमा १८.२ प्रतिशतले तलब कटौती गरेको पाइएको छ । बन्दाबन्दी अवधिमा ९६.७ प्रतिशत उद्योग÷व्यवसायहरुको उत्पादन÷कारोबार ७३.८० प्रतिशतले घटेको पाइएको छ ।

Advertisement

Advertisement

Advertisement