आयुर्वेदिक उपचारले सात दिनमै निको भए कोरोना संक्रमितहरु

Advertisement

काठमाडौं । आयुर्वेद चिकित्साप्रति मानिसको विश्वास गुमिरहेको समयमा कोरोना सङ्क्रमण भएका बिरामीलाई भने आयुर्वेदिक औषधिले फाइदा गरेको छ । कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा भर्ना भएका कोरोना सङ्क्रमित ३३ जना सात दिनमै निको भएर घर गएका छन् । अरु पनि निको भएर जाने क्रम बढ्दो छ ।

आयुर्वेद अनुसन्धान अस्पतालका अनुसन्धान अधिकृत डा। अमितमान जोशी भन्छन्, 'आयुर्वेदिक औषधिमा विभिन्न रोगप्रतिरोध क्षमता बढाउने जडीबुटीको प्रयोग हुने भएको कारण कोरोनासँग लड्न सक्ने क्षमता चाँडो विकास भई निको भएको हो ।'

Advertisement

उनका अनुसार कोरोना सङ्क्रमणका कारण भर्ना भएपछि आयुर्वेद विज्ञ चिकित्सक टोलीबीच छलफल गरी श्वासप्रश्वाससम्बन्धी रोगमा प्रयोग हुने र रोग प्रतिरोधी क्षमता बढाउने जडीबुटी मिलाएर बनाइएको औषधि सेवन गर्न दिइएको थियो । त्यसको सात दिनपछि पीसीआर परीक्षण गराउँदा सबैको रिपोर्ट नेगेटिभ आएको डा. जोशीले जानकारी दिए ।

कोरोना सङ्क्रमण पुष्टि भएपछि भक्तपुरकी २२ वर्षीय नर्स कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान अस्पतालमा भर्ना भइन् । आफूले बिरामीलाई एलोपेथिक औषधिमात्र सेवन गर्न दिने गर्ने गरको उनले कहिले पनि आयुर्वेदिक औषधि प्रयोग गरेका थिएनन् । आयुर्वेदिक चिकित्सकहरूको सल्लाहबमोजिम सोही औषधि सेवन गरको र अहिले आफूलाई समस्या नभएको बताए ।

आफू १० दिनमा डिस्चार्ज भएको जानकारी दिँदै दैनिक तीन पटक दुई वटा औषधि खाएको र त्यसैले कोरोनालाई सजिलै जित्न सकेको उनले बताए । 

गोरखापत्र दैनिकबाट । 
 

Advertisement

Advertisement