तिहारमा के खाने ? के नखाने ?

Advertisement

काठमाडौं । तिहारमा तिहारमा गुलियो र चिल्ला परिकारहरु खाने गरिन्छ जुन स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको हुन्छ । दिपावली एउटा रमाईलो पर्व हो । तर होश पु¥याइएन भने यसले स्वास्थ्यसँग सम्बन्धित अनगिन्ति समस्या निम्त्याउँछ । स्वास्थ्यमा प्रतिकूल असर नपर्ने गरी तिहार मनाउने केही टिप्स यस प्रकार छन् ः

फलफूल खानुहोस् 
तिहार भन्ने वित्तिकै गुलियो परिकार खाने आम विश्वास छ । तर स्वस्थ खानका लागि चिल्लो मिसाइएका चकलेट तथा मिठाइरुको सट्टा सकभर फलफुल रोज्नुहोस् । गुलियो खानैपर्ने भए न्यून क्यालोरियुक्त चकलेट छनौट गर्नुहोस् । सकभर घरमै बनाएको चकलेट खानुहोस् ।

Advertisement

हाइडे«ट रहने 
चारैतिर खानेकुरा र गुलिया परिकार देख्दा कसको जिब्रो रसाउदैन र रु तसर्थ तिहारमा अन्य बेला भन्दा बढी गुलियो खाइन्छ । चकलेट खाइसकेपछि वा खानुअघि प्रशस्त पानी खानुपर्छ । बिहानदेखि बेलुकासम्म बारम्बार पानीको चुस्की लिनुहोस् । पानी पिउदा गुलियो परिकारले शरिरभित्र पार्ने अशर घटाउछ र शरिरको विषाधी समेत पखालिदिन्छ ।

कृतिम चकलेट नखाने
बजारमा कृत्रिम गुलियो मिसिएको परिकार पाइन्छन् । तर, यस्ता परिकारबाट सकभर टाढै रहनुहोस् । किनकी कृतिम गुलियोले ब्रेन ट्युमरदेखि क्यान्सरसम्म निम्त्याउँछ । चकलेटमा मिसाइएका अखाद्य र मिसावटयुक्त रसायनले किड्नी र दमको समस्या ल्याउछ, दिमागका कोषहरु बिगारिदिन्छ । तसर्थ मह चिनी, खुदो जस्ता प्राकृतिक गुलियोबाट बनेका चकलेट रोज्नहोस् ।

आफ्नो रोगबारे बिचार पुयाउनुहोस् 
डायबिटिजबाट पीडित मानिसले तिहारको समयमा विशेष ख्याल गर्नुपर्छ । गुलियो परिकारबाट टाढा रहनुका अतिरिक्त उनीहरु अन्य खानेकुराहरु जस्तै सेल रोटी, खिर लगायतका खानेकुरामा हुने गुलियोको मात्रा पनि बिचार पु¥याउनुपर्छ ।

पटका बारे सर्तकता
दीपावली पटकाको समेत पर्व भएकोले होशियार नरहेमा जुनसुकै बेला स्वास्थ्यसम्बन्धी गम्भीर समस्य निम्तिन सक्छ । तसर्थ आँखामा हाल्ने ड्रप्स, पोल्दा लगाउने मल्हम आफूसँगै राख्नुपर्छ । पटकाको ठूलो आवाजले कानको श्रवण शत्तिमा हानी पु¥याउन सक्ने र बहिरो हुने समस्या समेत आउन सक्छ । तसर्थ पटका पड्काईएको स्थानमा घुम्दा कानमा प्लग वा रुई राख्नुपर्छ । पटकाका कारण आगोको जोखिम हुने भएकोले सकभर नाइलनको कपडा लगाउनु हँुदैन ।

खुवा र दुधबाट बनेको चकलेट सकभर नखानुहोस् । किनकी यसले फुड पोइजनिङ गराउन सक्छ ।

Advertisement

Advertisement