सुनको मूल्य ह्वात्तै घट्यो, दुई दिनमै प्रतितोला २ हजार ८ सय रुपियाँ गिरावट

Advertisement

काठमाडौँ । सुनको मूल्य २ दिनमै प्रतितोला २ हजार ८ सय रुपियाँ घटेको छ । हिजो प्रतितोला १८ सय रुपियाँ घटेको सुनको मूल्य आज पनि प्रतितोला १ हजार रुपियाँ घटेको छ । चाँदीको मूल्य हिजो प्रतितालो ३० रुपियाँ घटेकोमा आज पनि प्रतितोला ५ रुपियाँ घटेको हो । 

महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ५ रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार र चाँदीको मूल्य प्रतितोला १ हजार १सय ७५ रुपियाँ निर्धारण गरिएको छ ।

Advertisement

हिजो भने छापावाल सुन प्रतितोला ९२ हजार ५ रुपियाँ, तेजाबी सुन प्रतितोला ९२ हजार र चाँदी प्रतितोला १ हजार १सय ८० रुपियाँमा कारोबार भएको थियो ।  

अन्तर्राष्ट्रिय बजारमा हिजो र आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएकाले त्यसैको प्रभाव नेपाली बजारमा समेत देखिएको महासंघले जनाएको छ । 

Advertisement

Advertisement