मौसम बिग्रिएपछि देउवा चढेको हेलिकप्टर बारीमा आकस्मिक अवतरण
तस्वीर स्रोतः अर्जुन जोशी

Advertisement

गोरखा । पार्टीको कार्यक्रममा हिँडेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर मौसम खराबीका कारण आकस्मिक अवतरण गरेको छ । उक्त हेलिकप्टर पालुङटार नगरपालिकाको आँपपिपलको कोदो बारीमा आकस्मिक अवतरण गरेको हो । 

करिव १५ मिनेट अडिएपछि देउवा उडेका थिए । मौसम अनुकुल हुनासाथै उडेका देउवा पार्टीको कार्यक्रममा भाग लिन पर्वत तर्फ गएका थिए । देउवाले चढेको हेलिकप्टर काँग्रेसनिकट मानिएका व्यवसायी प्रदीपजंग पाण्डेको हो । 

Advertisement

देउवासँग काँग्रेस नेताहरु गोपालमान श्रेष्ठ, अर्जुन जोशी पनि सहभागी थिए । 

Advertisement

Advertisement