अन्तरिक्षमा नेपालको आफ्नै स्याटलाइट राख्ने कार्यका लागि पाँच कम्पनीको आशयपत्र छनौट

Advertisement

काठमाडौं। अन्तरिक्षामा नेपालको आफ्नै स्याटलाइट (भूउपग्रह) राख्ने कार्यका लागि आशयपत्र पेस गर्ने कम्पनीहरुमध्ये पाँच वटालाई सर्टलिष्टिङ गरिएको छ । कुल नौ वटा कम्पनीले आशयपत्र पेश गरेकोमा नेपाल दूरसञ्चार प्राधिकरणले पाँच वटालाई छनौट गरेको हो । 

सेटलाइटको नियमन, सुरक्षासम्बन्धी नीति निर्माण र व्यवसायिक योजना र  सञ्चालनबारे काम गर्न आशयपत्र माग गरिएको हो । नेपालको आफ्नै स्याटलाइट राख्ने कुरा अन्तर्राष्ट्रिय चासोको विषय पनि भएको र ठूलो धनराशी खर्च हुने भएकाले यसतर्फ धेरैको चासो देखिन्छ । प्राधिकरणले उक्त कार्यका लागि गत पुस १ मा आशयपत्र मागेको थियो। 

Advertisement

सर्टलिस्टमा पर्नेमा फ्रान्सको यूरोकन्सल्ट, बेलायतको लण्डन इकोनोमिक्स लिमिटेड र केआइएसपीई टिम (जेभी), अमेरिकाको स्पेस पार्टनरशिप इन्टरनेशनल, दुबईको एसथ्री टेल इंक र भारतको केपीएमजी असुर्‍यानसीटी एण्ड कन्सल्टिङ सर्भिस छन्। 

आशयपत्र पेश गर्ने चीनको बेइजिङ स्पेस टेक्नोलोजी कम्पनी, सिंगापुरको सेलेस्टिएल कन्सल्टिङ सर्भिसेज, जर्मनीको स्पेस टेक पार्टनर्स र बेलायतको किस्पे स्पेस सिस्टम लिमिटेडलाई भने सर्टलिस्टमा राखिएन् । नेपालको आन्तरिक सुरक्षा र सुचनासँगसमेत निकै सम्वन्ध राख्ने स्याटलाइट राख्ने कार्यका लागि भारतीय कम्पनीलाई नछुटाइकन पाँच वटा कम्पनीलाई छनौट गरिएको हो । 

कम्पनीहरुको क्षमता र विगतका अनुभवलाई हेरेर पाँच जटा कम्पनीको सर्टलिष्टिङ गरिएको प्राधिकरणको दाबी छ । गत असोजमा पनि प्राधिकरणले यस्तै आशयपत्र माग गरेकोमा त्यो बेलाको प्रक्रिया रद्द गरी पुसमा पुनः गरिएको हो । अघिल्लो प्रक्रिया रद्द गर्नुको खास कारण प्राधिकरणले खुलाएको छैन् । अघिल्लो पटक २० वटा कम्पनीले आशयपत्र पेश गरेका थिए । अहिले नेपाली सुचना तथा सञ्चार क्षेत्रका कम्पनीहरुले विदेशी स्याटलाइट प्रयोग गर्नुपर्दा अर्बौं रुपियाँ बाहिरिँदै आएकोमा नेपाल आफैले यसको जडान गर्न लागेको हो । 

Advertisement

Advertisement