भायानेटले ल्यायो बडा दशैंमा बडा स्पीड, बडा टिभी योजना

Advertisement

काठमाडौँ । इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवा प्र्रदायक भायानेटले बडा दशैँमा बडा स्पीड, बडा टिभी अफर सार्वजनिक गरेको छ । 

यसै क्रममा यो बडा दशैंमा आफ्ना ग्राहकहरुलाई उही मूल्यमा बढी स्पीड भएको इन्टरनेट र भायाटिभी प्याकेजहरुका साथ ३२ र ५५ इन्चको एमआई एन्ड्रोइड टीभीमा भारी छुट दिनको लागि भायानेट बडा दशैंमा, बडा स्पीड, बडा टिभी अफर सार्बजनिक गरिएको हो ।

Advertisement

यस अफर अन्तर्गत भायानेटको नयाँ तथा पुराना ग्राहकहरुले भायानेटको सुपर स्पीड इन्टरनेट र १७५ प्लस च्यानल भएको भायाटिभीको कम्बो प्याकेजको वार्षिक सदस्यतामा उही मूल्यमा अझ बढी स्पीड पाउन सक्ने छन् । 

साथ–साथै भायानेटले साओमीसँगको सहकार्यमा भायानेटको इन्टरनेट र भायाटिभी प्याकेजसँगै एमआई एण्ड्रोइड टिभी बण्डल गरेको छ । यस बण्डलको खरिदमा ग्राहकले ३२ र ५५ इन्चको एमआई एण्ड्रोइड टिभीमा २२ प्रतिशतसम्म छुट पाउन सक्नेछन् । 

चाडपर्वको अवसरमा घरको लागि प्रायः नयाँ सामान किन्ने चलन र इन्टरनेटको अझ बढी उपयोग गर्ने कुरालाई ध्यानमा राखेर भायानेटले यो अफर अहिले ल्याएको जनाएको छ । 

 
 

Advertisement

Advertisement