सुन छ ? बैंकमा राख्नुहोस्, ब्याज लिनुहोस्

Advertisement

काठमाडौं । बजारमा लगानी योग्य पुँजी अभाव भएका बेला सरकारले आगामी आर्थिक वर्षको बजेटले यस्ता बहुमूल्य धातुलाई निक्षेपको रुपमा जम्मा गर्ने व्यवस्था गर्न लागेको छ । बजेट भाषणमा बैंकमा सुनचाँदीलगायतका बहुमूल्य धातु निक्षेपको रुपमा राखेमा ब्याज व्यवस्था गर्ने निति प्रस्तुत गरिएको हो ।

सुनचाँदीजस्ता बहुमूल्य धातुलाई मौद्रिक उपकरणका रुपमा प्रयोग गर्ने सरकारी तयारी हो । यस्ता धातु कमोडिटी वस्तु भएपनि यसको खासै उपयोग हुन नसक्दा बैंंकमा शुल्क तिरेर सुरक्षित गर्नु पर्ने अवस्था थियो । तर अब बैंकले यसलाई सहज बनाउन तथा पैसाको चपेटामा परेका बैंकका ग्राहकहरुलाई ब्याज दिएर सुनको सुरक्षा लिने व्यवस्था लागू भएको छ ।

मौद्रिक उपकरणका रुपमा प्रयोग गरिने यस्ता डेरिभेटिभ वस्तुको उपयोग गर्न लागिएको हो ।अबको यो नयाँ व्यवस्थाले शुल्क तिर्नुको सट्टा ब्याज आउने भएको छ ।

Advertisement

Advertisement

Advertisement