अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशत पुग्यो

Advertisement

एजेन्सी । अस्ट्रेलियाको बेरोजगारी दर बढेर ४.१ प्रतिशत पुगेको छ । 

अस्ट्रेलियाको तथ्यांक ब्युरो (एबीएस) ले बिहीवार जारी गरेको आधिकारिक तथ्यांकअनुसार बेरोजगारी दर मार्चमा ३.९ प्रतिशतबाट बढेर अप्रिलमा ४.१ प्रतिशत पुगेको छ । यो जनवरी २०२२ पछिको सबैभन्दा उच्च दर हो । 

Advertisement

बेरोजगार व्यक्तिहरूको संख्या ३० हजार ३ सयले बढेर ६ लाख ४ हजार २ सय पुगेको छ । 

रोजगारीमा रहेका वा कामको खोजीमा रहेका काम गर्ने उमेरका जनसंख्याको अनुपात मापन गर्ने सहभागिता दर मार्चमा रहेको ६६.६ प्रतिशतको तुलनामा अप्रिलमा आंशिक बढेर ६६.७ प्रतिशत पुगेको छ । 

अप्रिलमा अस्ट्रेलियालीहरूले काम गरेको कुल घण्टाको संख्या १ अर्ब ९६ करोड थियो । यो गत वर्षको सोही अवधिको तुलनामा १ करोड ५० लाखले कम हो । 

संघीय बजेटले जुन २०२४ सम्ममा बेरोजगारी दर ४.२५ प्रतिशत र जुन २०२५ सम्म ४.५ प्रतिशतमा पुग्ने प्रक्षेपण गरेको छ ।

Advertisement

Advertisement