प्राधिकरणले लोड व्यवस्थापन गर्न नसक्दा थुप्रै स्थानमा अघोषित लोडसेडिङ, उपभोक्ता हैरान

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोड व्यवस्थापन गर्न नसक्दा काठमाडौं उपत्यकाका विभिन्न स्थानका विद्युत उपभोक्ता बिहीबार पनि हैरान भए । 

काठमाडौंको लैनचौर, लाजिम्पाट, रानीबारी, महाराजगञ्जलगायतका स्थानमा गए रातिदेखि नै अवरुद्ध विद्युत आपूर्ति अझै सुचारु हुन सकेको छैन् । उक्त क्षेत्र हेर्ने प्राधिकरणको नोलाइट नम्बरमा फोन गर्दा समस्या पत्ता लगाउन नसकेको बताउँदै समस्या समाधानको लागि प्रयास भइरहेको जवाफ आयो । 

Advertisement

प्राधिकरणका एक उपभोक्ताले गए राति ११ बजेदेखि नै अनियमित भएको विद्युत आपूर्तिको समस्या बिहीबार बेलुकीसम्म प्राधिकरणले समाधान नगरेको गुनासो गरे । उनले यसअघि पनि पटक पटक भोल्टेजमा उतारचढाव हुँदा टेलिभिजनलगायतका विद्युत सामग्रीहरु नष्ट हुनेसम्मको क्षति भएको भन्दै प्राधिकरणका ग्राहकले सामाजिक सञ्जालमा गुनासो गरेका थिए । 

चिसो बढेसँगै मानिसहरुले विद्युतीय सामग्रीको प्रयोग बढाएपछि प्राधिकरणले आफ्नो सिस्टमको स्तरोन्नती गर्न नसक्दा उपभोक्ताले हैरानी खेप्नुपरेको हो । हरेक बर्ष जाडो महिनामा यस किसिमको समस्या आउने गरेको छ । प्राधिकरणले बढी क्षमताका ट्रान्सफर्मरहरु आफूहरुसँग नरहेको भन्दै नयाँ खरीदका लागि बल्ल प्रक्रिया अघि बढाएको जानकारी दिएको छ ।

Advertisement

Advertisement