बर्खामा करोडौं मूल्यको बिजुली खेर, अहिले प्राधिकरणको उत्पादनभन्दा बढी भारतबाट आयात

Advertisement

काठमाडौं । सुख्खायाम सुरु भएसँगै भारतबाट विद्युत आयात ह्वात्तै बढेको छ । आज शुक्रबारको तथ्यांकलाई हेर्दा कुल विद्युत उर्जाको माग दुई करोड ९६ लाख युनिट (किलोवाट घण्टा) रहेकोमा प्राधिकरणका आयोजनाहरुबाट जम्मा ७६ लाख युनिट मात्रै उत्पादन भएको देखिन्छ । 

प्राधिकरणको सहायक कम्पनी माथिल्लो तामाकोशी, चिलिमे जलविद्युत गृहबाट जम्मा ३८ लाख युनिट बिजुली उत्पादन भएको छ । निजी क्षेत्रका विद्युत गृहहरुबाट ८२ लाख युनिट विद्युत उत्पादन भएको छ । अहिले विद्युतको उच्च माग एक हजार ६८४ मेगावाट रहेको छ । 

Advertisement

माग धान्नका लागि भारतबाट एक करोडभन्दा बढी युनिट बिजुली आयात भइरहेको छ । यो आयात भनेको प्राधिकरणको उत्पादनभन्दा सवा गुणा बढी हो । मूल्यको हिसावले यो दैनिक सात करोड रुपियाँभन्दा बढी र मासिक करिव दुई अर्ब रुपियाँ हुनजान्छ । 

बर्खामा करोडौं मूल्यको ठूलो मात्रा बिजुली खेर फाल्न बाध्य भएको प्राधिकरण सुख्खायाममा भने आयातमा भर पर्नुपर्ने बाध्यतामा छ । यस्तो असमानता हटाउन इनर्जी बैंकिङको कुरा गरिँदै आए पनि कार्यान्वयन तहमा ल्याउन प्राधिकरण र उर्जा मन्त्रालय असफल भएका छन् । 

Advertisement

Advertisement