नेपाल आयल निगमको कार्यकारी निर्देशक हुन १७ जनाको निवेदन, को को छन् दौडमा ?

Advertisement

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशक बन्न १७ जनाले आवेदन दिएका छन् । उक्त पदका लागि आइतबार आवेदन दिने अन्तिम मिति थियो । 

आवेदन दर्ता गराउँनेमा डा. चण्डिकाप्रसाद भट्ट, हरिवंश आचार्य, जीवनप्रकाश सिटौला, विष्णुबाबु मिश्र, हरिभक्त शाही, प्राडा. लक्ष्मण पौडेल, लोकबहादुर खड्का, लोकराज पाठक, कृष्णप्रसाद यादव, तारानाथ पौडेल, चित्तरञ्जन दास, रामदेव यादव, उमेशप्रसाद थानी, पंकजकुमार दास, आनन्दप्रसाद चन्द, भुपेन्द्रप्रसाद अर्याल र सञ्जय कुमार छन् ।  

Advertisement

सुरेन्द्र पौडेलको कार्यकाल सक्किएसँगै निगम नेतृत्वबिहीन बन्न पुगेको छ । 

Advertisement

Advertisement