फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा नेपाल वायुसेवाको ट्विन अटरको सफल परीक्षण उडान

Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगमको ट्विन अटर (नाइनएन एबीटी) विमानको बुधबार इलामस्थित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा सफल परीक्षण उडान भएको निगमले जानकारी दिएको छ । 
 आज बिहान ९ः०५ मा उडेको जहाज फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा बिहान १०ः०२ मिनेटमा सकुशल अवतरण गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको निर्देशनमा यो उडान गरिएको निगमको भनाई छ । 

परीक्षण उडानको प्रतिवेदन तयार भएपछि सुरक्षाका सम्पूर्ण सिफारिसहरु अवलम्बन गर्ने गरी नियमित उडान सञ्चालनको तयारीको प्रक्रिया अघि बढाइने जनाइएको छ । 

Advertisement

Advertisement

Advertisement