‘प्राधिकरणको पाँच बर्ष ‘प्लान होलिडे’मा बित्दा लोडसेडिङ सुरु भयो, घिसिङले राजीनामा दिनुपर्छ’

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक मुकेश काफ्लेले प्राधिकरणका हालका कार्यकारी निर्देशक कुलमान घिसिङ असफल भएको भन्दै तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । 

काफ्लेले सामाजिक सञ्जालमा लेख्दै घिसिङले नेतृत्वमा रहँदाको गएको पाँच बर्ष प्राधिकरण ‘प्लान होलिडे’मा रहेकाले मुलुक लोडसेडिङतर्फ फर्किएकोले यस्तो परिस्थितिमा घिसिङले तत्काल राजीनामा दिनुपर्ने बताएका हुन् । 

Advertisement

भारतमा विद्युतको माग निकै बढेर प्रतियुनिट ३८ रुपियाासम्म पुगेपछि प्राधिकरणले विद्युत आयात बन्द गरेको छ भने भारतको बिहार राज्य सरकारले बेच्दै आएको बिजुली पनि उसले बन्द गरिदिएपछि नेपालमा उद्योगमा १२ घण्टासम्म लोडसेडिङ सुरु भएको छ । प्राधिकरणका कर्मचारीहरुले बढेको लागत उद्योगीले तिर्ने हो भने मात्रै आयात गर्नुपर्ने नभए महंगो बिजुली आयात गरेर प्राधिकरणलाई धरासायी बनाउन नपाइने भनेर दबाब दिएपछि भारतीय खुल्ला बजारबाट आयात हुँदै आएको बिजुली किन्न छोडिएको हो । प्राधिकरणले दैनिक सरदर साढे चार सय मेगावाट विद्युत आयात हुँदै आएको थियो । 

काफ्लेले लेखेका छन्, ‘२०७२–११–६ मा स्वीकृत ९९ बुँदे कार्ययोजनाअन्तरगत लोडसेडिङ अन्त्य भयो । अहिले पुनः मुलुक लोडसेडिङतर्फ फर्केको छ । यो दुखःद र दुर्भाग्यपूर्ण छ । कारण विगत ५ वर्ष एनईए प्लान होलिडेमा रहनु हो । यो परिस्थितिको जिम्मेवारी लिदै नेविप्रा कार्यकारी निर्देशकले तत्काल राजीनामा गर्नु पर्दछ ।’

कर्पोरेट नेपालसँगको कुराकानीमा काफ्लेले लोडसेडिङ अन्त्यका लागि योजना बनाउने भन्दै पनि घिसिङ आफूविरुद्ध गलत र भ्रमपूर्ण प्रचार गर्न र आफूलाई हिरो देखाउन केही मिडियालाई प्रयोग गर्दै आएको बताउँदै त्यसको नजिता अहिले देखिएको बताए । 

उनले लोडसेडिङ अन्त्यको आधारमा आफ्नो पालामा निर्माण भएको नेपाल भारतीचको ढल्केबर मुजफपुर प्रसारणलाइन नै थियो भन्दै अहिले थपिएको विद्युत पनि पाँच बर्षअघि सुरु भएका विद्युत आयोजना र प्रसारण लाइनको कारण भएको बताए । 

Advertisement

Advertisement