लामो समयदेखि अलपत्र परेको रेल अब भने चल्ने भयो, भोलि देउवा र मोदीले उद्घाटन गर्दै

Advertisement

काठमाडौं । लामो समयदेखि अलपत्र परेको नेपालको रेल शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री मोदीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने भएका छन् । देउवा आज भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्ली जाँदैछन् ।  

देउवा र मोदीले शनिबार दिउँसो साँढे १२ बजे नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट रेल सेवाको अर्चुअली उद्घाटन गर्ने जनाइएको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले यसअघि नै संचालनमा आएको जयनगर–कुर्था रेल सेवा विस्तारसहित पुनः संचालनका ल्याउन लागिएको बताए ।

Advertisement

उद्घाटनका लागि जनकपुर रेल्वे स्टेशनमा मण्डल निर्माण गरिएको छ । जयनगरमा अतिविशष्ट व्यक्तिहरु रहने र त्यहाँबाट प्रोजेक्टरमा दिल्लीमा हुने उदघाटन कार्यक्रम देखाइने छ ।

त्यसपछि दुवै देशका प्रधानमन्त्रीले उदघाटन गरेपछि रेल कुर्थाका लागि प्रस्थान गर्नेछ । प्रत्येक स्टेशनमा स्कुलका बालबालिकाहरु नेपाल भारतको झण्डा लिएर रेलको स्वागत गर्नेछन । उनीहरुलाई समेत त्यही रेलमा चढाएर कुर्था ल्याइनेछ । कुर्थामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री  रेणुकुमारी यादवले रेल चढेर जनकपुरसम्म आउने र त्यहाँ उदघाटनको अन्य कार्यक्रम गरिने कार्यतालिका रहेको छ ।

रेल संचालनका लागि सबै प्रकारको आवश्यक तयारी पूरा भइसकेको जनाइएको छ । मन्त्री यादवले रेल्वे संचालन भएपछि धनुषाका स्थानियबासीहरुलाई यातायातको सहजता आउनुका साथै उनीहरुलाई आवतवापत गर्न निकै सुविधा हुने कम्पनीको भनाई छ । शनिबार उद्घाटन भएपछि आइतबारबाट यसको व्यवसायिक सञ्चालन सुरु हुनेछ । 

विक्रम संवत १९९४ सालमा इस्ट इन्डिया कम्पनी सरकारले नेपालको जंगलबाट काठ लैजानका लागि रेल्वे लाइन विस्तार गरिएको थियो । त्यो बेला कोइलाबाट चल्ने रेल नेपाल भित्रिएको थियो ।

पछि भारत सरकारले १८ वटा बग्गीसहित बाष्प इन्जिन सहयोग गरेको थियो भने सो सेवा २०६१ माघबाट बन्द भएको थियो । अहिले न्यारोगेजबाट ब्रोडगेजमा परिणत गरिएको छ । 

Advertisement

Advertisement