नेपाल वायुसेवा निगमको काठमाडौं–रियाद उडान वैशाख ९ देखि

Advertisement

काठमाडौं। राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगमले काठमाडौं–रियाद उडान बैशाख ९ गतेदेखि (२२ अप्रिल) गर्ने भएको छ। पहिलो पटक नेपाल–साउदी सिधा उडान साउदी अरेबियाको राजधानी तथा ‘ग्लोबल सिटी’को रुपमा स्थापित सहर रियादमा आफ्नो नियमित तथा व्यवसायिक उडान गर्ने निगमले जनाएको हो। 

निगमले आइतबार उडान तालिका सार्वजनिक गर्दै उडान इतिहासमा यसरी रियादलाई आफ्नो हवाइ गन्तव्यको रुपमा समेट्न पाउँदा हर्षित भएको बताएको छ । निकट भविष्यमा थप नयाँ हवाइ गन्तव्यसँग जोडिने र यात्रा जारी राख्ने पनि जनाइएको छ । 

Advertisement

रियादका लागि बेलुकी ६ः१५ मा उडान हुनेछ । अप्रिल २२, २३, २४ र २५ मा नियमित उडान गर्ने जनाउँदै निगमले अप्रिल २६ छाडेर २७ र २८ पनि उडान भर्नेछ। अर्को महिना मे को ३ र ४ तारिखमा एक–एक उडान र ६ तारिखका  दुईतर्फी नै एक–एक उडान गर्ने तालिका सार्वजनिक गरिएको छ । 

Advertisement

Advertisement