कांग्रेसकै सरकारले बन्द गराएको जनकपुर चुरोट कारखाना निरीक्षण गर्न पुगे कांग्रेसका मन्त्री

Advertisement

काठमाडौं । राजाले स्थापना गरेको नाममा २०४६ पछिको नेपाली कांग्रेसको सरकारले बन्द गराएको जनकपुर चुरोट कारखाना निरीक्षण गर्न कांग्रेसकै मन्त्री पुगेका छन् । उनले उक्त कारखाना पुनः सञ्चालनमा ल्याउने इच्छा पनि प्रकट गरेका छन् । 

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले निरीक्षणका क्रममा लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखाना सञ्चालनमा ल्याउने भन्दै जनकपुर चुरोट कारखाना मात्रै नभएर हेटौँडा कपडा उद्योग सञ्चालन सम्बन्धमा अध्ययनपछि निर्णय हुने बताए । 

Advertisement

उनले एक समय निकै प्रख्यात रहेको र नाम कमाएको यो कारखानाको अवस्था, सरसम्पत्ति, मेसिनरी लगायतका अवस्था तथा विषयवस्तु बुझ्न आफू आएको बताए । उनले देश आयातमा बढी निर्भर रहेको समयमा बन्द तथा जीर्ण अवस्थामा रहेका कलकारखानालाई पुनःसंचालनमा ल्याउने तयारी स्वरुप निरीक्षण गरेको बताए । यसका लागि सरकारले बजेटसमेत विनियोजन गरेको उनले बताए । 

कारखाना सरकार आफैँले चलाउने वा निजी क्षेत्रसँग मिलेर सरकारले चलाउने ? भन्ने विषयमा भने छलफल गरेर ठोस निर्णय निकाल्ने उनले बताए । बडूले देशको व्यापार घाटा कम गर्न निजी क्षेत्रको सहयोगमा आयात प्रतिस्थापन गरी उत्पादन वृद्धि गर्नुको साथै रोजगारी सिर्जना गर्ने बताए । 

Advertisement

Advertisement