भत्ता मात्रै पाउने विद्युत प्राधिकरणका सञ्चालकहरुलाई नियमविपरित गाडी सुविधा दिइयो

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत प्राधिकरणका चार जना सञ्चालकहरुलाई नियमविपरित गाडि सुविधा दिएको । उनीहरुलाई सञ्चालक समिति बैठक हुँदा भत्ताबाहेक अरु सुविधा दिन नमिल्ने  भए पनि प्राधिकरण व्यवस्थापनले गाडीको समेत सुविधा दिएको हो । 

सरकारले सार्वजनिक खर्चमा मितव्ययिता अपनाउने नीति लिएको छ । दुई हप्ताअघि प्रधानमन्त्री शेरबहादुर देउवाले सबै सचिवहरुलाई बोलाएर नियमले पाउनेबाहेक अन्य कुनै पनि व्यक्तिलाई गाडीलगायतका सुविधा नदिन निर्देशन पनि दिएका थिए । 

Advertisement

तर प्राधिकरणले भने राजनीतिक नियुक्तिका आधारमा आएका भक्तबहादुर पुन, राजेन्द्र क्षेत्री, विश्व गौतम, कपिल आचार्यलाई अनधिकृतरुपमा गाडी सुविधा दिइएको हो । पुनले भने आफूलाई गाडी दिए पनि बैठक ल्याउन लाज मात्रै प्रयोग भएको दावी गरे । 

प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले यस विषयमा बोल्न चाहेनन् । उनले गाडी सुविधा दिने कुरा प्रशासनको भएको बताउँदै उक्त शाखाका प्रमुख तुलाराम गिरिलाई सोध्न सुझाव दिए । गिरिले भने फोन उठाएनन् । 

Advertisement

Advertisement