अहिलेको मिडियाको क्षेत्रमा भएको विकासलाई अहिलेको कानुनले धान्दैन्ः मन्त्री शर्मा

Advertisement

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार विधेयकबारे सञ्चारमाध्यममा प्रकाशन भएका समाचारहरुप्रति असन्तुष्टि व्यक्त गरेकी छन् । 

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको कार्यक्रममा शनिबार उनले मन्त्रालयमा छलफल नै नभएका विषयवस्तुहरुका बारेमा पछिल्लो समय सञ्चारमाध्यमहरुमा ठूलाठूला अक्षरमा समाचार छापिएको भन्दै असन्तोष व्यक्त गरिन् । मन्त्रालयमा छलफल नै नभएको विषयवस्तुहरुलाई लिएर समाचार प्रकाशन एवं प्रशारण हुँदा नीति निर्माण गर्नेहरुलाई कानून नै बनाउन नहुने हो कि ? भन्ने स्थिति आएको शर्माको भनाई छ । 

Advertisement

उनले प्रक्रिया शुरु नगर्दा नै सञ्चारमाध्यमहरुले कल्पना गरेर समाचार प्रकाशन गरेको आरोप लगाएको गुनासो गरिन् । मन्त्री शर्माले कानून बनाउँदा सरकारले राष्ट्रिय हित सर्वोपरी राखेर नै निर्माण गर्ने र कानून निर्माणको प्रक्रिया आफूलाई स्पष्ट रुपमा जानकारी रहेको पनि बताए । 

उनले अनलाइन मिडियाहरुलाई नियमन गर्नसक्ने कानून सरकारसँग नरहेको भन्दै आमसञ्चार ऐन, मिडिया काउन्सिल ऐन बनाउँदा सबैकुरा समेटेर निर्माण गर्ने प्रतिवद्धता जनाइन् । शर्माले भनिन, ‘हामी सबैले आफ्नो ठाउँमा बसेर स्वनियम, स्वआचारसंहीता पालना गर्नुपर्छ । अनलाइन मिडियाका विषयमा पनि कुरा उठेका छन्, अनलाइन मिडियाहरुलाई नियमन गर्नसक्ने कानून हामीसँग छैन । हामीले आम सञ्चार ऐन बनाउँदै छाँै, मन्त्रालयमा तयारीको चरणमा छ । मिडिया काउन्सिल बन्दैछ, विभिन्न कानूनहरु बन्ने विषयमा यि विषयहरु हामीले समेट्ने छौँ । अनलाइन मिडियाहरु पनि हिजोको प्रिन्टेड मिडियाहरुलाई आधार बनाएर बनाइएका कानूनले अहिलेको मिडियाको क्षेत्रमा भएको विकासलाई कभर गर्न सक्दैन । त्यसलाई समेट्ने गरेर कानून बनाउन जरुरी छ । कानून बनाउने कुरामा हामी लागि नै रहेका छौँ । मन्त्रालयमा अहिले आमसञ्चार ऐन, मिडिया काउन्सिल ऐन छलफलको चरणमा छ । प्रतिनिधि सभामा गइसकेको प्रशारण ऐन छ । त्यस विषयमा पनि हामी व्यापक छलफल गरेर के सुधार गर्न सकिन्छ ? सुधार गरेर अघि बढ्ने प्रक्रियामा छौँ ।’ 

मन्त्री शर्माले सञ्चारमाध्यमहरुले कल्पना गरेर बाहिर समाचार प्रकाशन एवं प्रशारण गरेको बताइन् । उनले पछिल्लो समय समाजका हरेक क्षेत्र सकारात्मक भन्दा बढी नकारात्मक हुँदै गएको बताइन् । शर्माले सञ्चारमाध्यमहरुले सकारात्मक कुराहरुलाई बाहिर नल्याएको आरोपसमेत लगाइन् । 

Advertisement

Advertisement